Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

घट्न सकेन किशोरी आमा बन्नेक्रम

घट्न सकेन किशोरी आमा बन्नेक्रम
अ+ अ-

चितवन। स्वास्थ्य, शिक्षा र सचेतनाका दृष्टिले सुगम जिल्लाका रूपमा चिनिने यस जिल्लामा अझै पनि किशोरी आमा बन्ने समस्या अन्त्य हुनसकेको छैन। विगत तीन आर्थिक वर्षको तुलना गर्दा २० वर्षमुनिका आमा बन्नेहरूको सङ्ख्या उस्तै छ।

जनस्वास्थ्य कार्यालय चितवनका अनुसार हरेक वर्ष स्वास्थ्य संस्थामा सुत्केरी गराउन आउनेमध्ये किशोरी आमा आठदेखि नौ प्रतिशतको बीचमा रहेको पाइएको छ। कार्यालयका सूचना अधिकारी इन्द्रमणि भण्डारीका अनुसार गत आवमा जिल्लाका विभिन्न अस्पतालमा शिशु जन्माएकामध्ये ९८५ किशोरी छन्। सो आवमा ११ हजार ८६८ जनाले अस्पतालमा प्रसूति सेवा लिएका थिए।

यस्तै आव २०८१-८२ मा अस्पतालमा आएका ११ हजार ८९ जनामध्ये ९५८ जना किशोरी आमा रहेका थिए। आव २०८०-८१ मा १३ हजार ५०३ जनाले विभिन्न अस्पतालमा प्रसूति सेवा लिएकामा एक हजार १८८ जना किशोरी आमा बनेका छन्। अझै पनि समाजमा बालविवाह कायम रहेकाले किशोरी आमा बन्ने क्रम नघटेको उनले जानकारी दिए। आफ्नो समाजको चलन छाड्न नसक्ने र कानुन कार्यान्वयनमा ल्याउन नसक्दा समस्या भएको उनले बताए।

उनका अनुसार २० वर्षमुनि विवाह गर्न नपाउने कानुनी व्यवस्था छ। बीस वर्ष मुनिकालाई किशोरीका रूपमा लिने गरिएको छ। तर यसको प्रभाव ग्रामीण क्षेत्रमा पर्न नसक्दा किशोरी आमा बन्दै आएका छन्। सानो उमेरमा आमा बन्ने र घरमा नै सुत्केरी हुने चलन अझै नरोकिँदा चुनौती बढेको उनले बताए।

उनका अनुसार गत आवमा किशोरी आमामध्ये ६३० जनाले दक्ष प्रसूतिकर्मीबाट शिशु जन्माएका थिए भने दक्ष स्वास्थ्यकर्मीबाट ३२७ जनाले शिशु जन्माएका थिए। यस्तै अन्य स्वास्थ्यकर्मीबाट १० र घरमा नै प्रसूति गराउनेको सङ्ख्या १८ रहेको कार्यालयको तथ्याङ्कले जनाएको छ। स्वास्थ्यका दृष्टिले यस उमेर समूहमा आमा बन्नु भनेको जोखिमपूर्ण रहेको उनले बताए।

भरतपुर अस्पतालकी स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा सुजन भुसाल न्यौपाने कम उमेरमा आमा बन्नु स्वास्थ्यका लागि राम्रो नहुने बताउछन्। शारीरिक बनावट पूर्ण रूपमा तयार भइनसक्ने जनाउँदै उनले यसबाट दीर्घकालीन स्वास्थ्यमा समस्या हुनसक्ने बताए। कम उमेरमा शिशु जन्माउँदा प्रसूतिमा जटिलता र भविष्यमा गर्भधारणसम्बन्धी जटिलताहरूको जोखिम बढ्न सक्छ। बच्चाको कम तौल हुने, शारीरिक विकास कम हुने खतरा हुने उनको भनाइ छ। त्यसबाहेक, शिक्षा र सामाजिक अवसरहरू पनि प्रभावित हुन सक्छन्।

2