काठमाडौँ। बुधबार स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा ८ हजार ८ सय रुपैयाँले घटेर २ लाख ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँआज चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोलामा १८५ रुपैयाँले घटेर ४ हजार ५८० रुपैयाँमा कायम भएको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला ४ हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो।
