Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

कोरलाबाट मालवस्तु ढुवानी बढ्यो, एक सातामा २५२ कन्टेनर पुगे

कोरलाबाट मालवस्तु ढुवानी बढ्यो, एक सातामा २५२ कन्टेनर पुगे
A A+ A-

मुस्ताङ। भोटेकोशी बाढीबाट (रसुवा-केरुङ) नाका बन्द भएसँगै कोरलानाकाबाट मालवस्तु ढुवानी गर्न थालिएको छ। रसुवागढी नाका बन्द हुनुअघि औसत (८-१०)कन्टेनरमा मात्रै आवतजावत गर्ने कोरलानाकामा रसुवागढी बन्द भएपछि मालवस्तु बोक्ने ढुवानीका कन्टेनरहरूको सङ्ख्या बढ्ना थालेको हो।

सशस्त्र प्रहरी बल ३३ नं गुल्म हेडक्वाटर जोमसोमका अनुसार रसुवाको विनाशकारी बाढीबाट उक्त क्षेत्रको रसुवागढी नाका पूर्ण रूपमा बन्द हुँदा कोरलानाकातर्फ मालवस्तु ढुवानी गर्ने कन्टेनरको सङ्ख्या अप्रत्याशित रूपमा बढेको छ ।

गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक दीपक कोइरालाका अनुसार भदौ १० देखि १८ गतेको बिहानसम्म (बेनी-जोमसोम-कोरला) सडकमार्ग हुँदै २५२ वटा मालबाहक खाली कन्टेनरहरू कोरलानाकातर्फ प्रस्थान गरिसकेको छ।

यसैगरी, रसुवागढी नाका बन्दपछि एक सातामा कोरलानाका हुँदै चिनियाँ मालवस्तु बोकेको सत्तरी वटा मालवाहक कन्टेनरहरू मुस्ताङ भन्सार कार्यालयमा जाँचपास भई गन्तव्यतर्फ प्रस्थान गरिसकेका सशस्त्र प्रहरी नायव उपरीक्षक कोइरालाले बताए।

रसुवागढी-केरुङ नाका बन्द भएपछि एकसातामा (नेचुङ-लिजी) कोरलानाका हुँदै ६१ वटा विद्युतीय सवारीसाधन (इभी) गाडीहरू भन्सार जाँचपास भई गन्तव्यतर्फ प्रस्थान गरिसकेको सशस्त्र प्रहरी नायब उपरीक्षक कोइरालाको भनाइ छ।

नेपाल–चीन रसुवागढी–केरुङ नाका विनाशकारी बाढीले ध्वस्त भई बन्द भएपछि त्यहाँको नाका प्रयोग गरी नेपाल भित्र्याइने मालवस्तुहरू कोरलानाकातर्फ डाइभर्ट भएका छन् । मुस्ताङ भन्सार प्रमुख विदुर चुडालका अनुसार रसुवा–केरुङबाट भित्रिने मालवस्तु कोरलानाकातर्फ डाइभर्ट भएको भए पनि हालसम्म त्यहाँ डाइभर्ट भइसकेको मालवस्तु कोरलानाकामा आइपुगेको छैन।

हरितालिका तीज, दसैँ र तिहार जस्ता महत्त्वपूर्ण चाडपर्वहरू नजिकिँदै गरेकाले हाल मुस्ताङ भन्सारमा जाँचपास भइरहेका कन्टेनरहरू नियमित रूपमा कोरलानाकाबाट आउने मालवस्तु कन्टेनर मात्रै भएको भन्सार प्रमुख चुडालले जानकारी दिए।

‘रसुवा–केरुङ नाकाबाट डाइभर्ट भइरहेका मालवस्तुहरू कोरलानाकामा आई पुगिसकेको छैन तर डाइभर्ट गरिएका मालवस्तु ढुवानी गर्न कन्टेनरहरू कोरलानाकातर्फ उक्लिएका छन्,’ भन्सार प्रमुख चुडालले भने, ‘रसुवा-केरुङतर्फबाट आउने मालवस्तु कतिपय डाइभर्ट भइसकेको र कतिपय डाइभर्ट हुने प्रक्रियामा रहेको छ, हामी कहाँ आइपुगेपछि कानुनी प्रक्रिया पूरा गरी आवश्यक भन्सार जाँचपास गरी पठाउँछौँ ।’

रसुवागढी नाका बन्द भएपछि नेपाल–चीन उत्तरी कोरलानाका र लोमान्थाङ–४ न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयको यार्डमा दर्जनौँ मालवाहक कन्टेनरहरू पार्किङ गरी राखिएका छन् । कोरलानाका र भन्सार कार्यालयको यार्डमा दुई सयभन्दा बढी कन्टेनरहरू रोकिएको सशस्त्र प्रहरी बल नेपाल ३३ नं गुल्मले जनाएको छ । रसुवा–केरुङ नाकाबाट डाइभर्ट गरिएका मालवस्तुहरू कोरलानाकासम्म आइनसकेकाले कोरलानाका र भन्सार कार्यालयमा मालवस्तु ढुवानी गर्न पुगेका कन्टेनरहरू यथास्थानमा रोकिएका छन् ।

रसुवागढी–केरुङ नाका र तातोपानी नाका बन्द हुँदा मुस्ताङको कोरलानाका चीनबाट पैठारी गरिने एकमात्रै वैकल्पिक नाका बनेको छ । कोरलास्थित मुस्ताङ भन्सार कार्यालय उत्तरीतर्फ दुईवटा नाका बन्द हुँदा भन्सार कार्यालयको कार्यक्षेत्र र जिम्मेवारी बढेको छ ।

तर कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयको पर्याप्त भौतिक पूर्वाधार तथा जनशक्ति नहुँदा भन्सार कार्यालयका कार्यसम्पादनमा समस्या र चुनौती देखिएको छ ।

प्रमुख चुडालका अनुसार रसुवा र तातोपानी नाका बन्द भएकाले मुस्ताङ भन्सार कार्यालयलाई व्यवस्थित गर्न जशक्ति थप गर्ने विषयमा विभागमा कुराकानी भइरहेको जानकारी दिए । कोरलानाकालाई दीर्घकालीन रूपमा बाह्रै महिना सञ्चालन गर्न भन्सार पूर्वाधार, जनशक्ति र सडकको हालको अवस्थालाई थप सुदृढ तुल्याउँदै लैजानुपर्ने बताए।

कोरलानाकालाई वैकल्पिक नाकाका रूपमा सरकारले सञ्चालनमा ल्याएपछि कोरलास्थित मुस्ताङ भन्सार कार्यालय आव २०८२-८३ मा छ अर्ब ९२ करोड राजस्व संकलन गरेको थियो । चालु आवको पहिलो साउन महिनामा रु २९ करोड राजस्व संकलन गरेको थियो । मुस्ताङ भन्सार कार्यालयमा हाल १८ जनाको दरबन्दी रहेपछि १२ जना मात्रै कर्मचारी कार्यरत रहेको कार्यालय प्रमुख चुडालले जानकारी दिए ।

2