Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

बाढी प्रभावित क्षेत्रमा अनधिकृत ड्रोन उडाउन रोक

बाढी प्रभावित क्षेत्रमा अनधिकृत ड्रोन उडाउन रोक
A A+ A-

काठमाडौं । गृह मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा साना तथा अनधिकृत ड्रोन नउडाउन सर्वसाधारण तथा सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।

मन्त्रालयले प्रभावित क्षेत्रमा जारी खोज, उद्धार तथा राहत वितरणका कार्यमा ड्रोनका कारण अवरोध तथा सुरक्षा चुनौती सिर्जना हुन सक्ने भन्दै अनधिकृत ड्रोन उडानमा रोक लगाएको हो।

मन्त्रालयका अनुसार बाढी प्रभावित क्षेत्रमा राहत सामग्री ढुवानी तथा मृतकको शव स्थानान्तरणका लागि प्रयोग हुने, १०० किलोग्रामसम्म भार बोक्न सक्ने अनुमति प्राप्त ठूला ड्रोनलाई मात्र सञ्चालन गर्न दिइनेछ।

अनुमति नलिई वा तोकिएको मापदण्डविपरीत ड्रोन उडाएको पाइएमा एन्टी–ड्रोन टोली परिचालन गरी त्यस्ता ड्रोन नियन्त्रणमा लिएर जफत गरिने गृह मन्त्रालयले जनाएको छ।

मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज, उद्धार तथा राहत वितरण कार्यलाई सुरक्षित, समन्वयात्मक र अवरोधरहित बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको जनाएको छ।

उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मीको काममा कुनै पनि किसिमको अवरोध नपुग्ने गरी आवश्यक सावधानी अपनाउनसमेत मन्त्रालयले आग्रह गरेको छ।

हाल बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र नेपाली सेनाले खोज, उद्धार तथा राहत वितरणका कार्य सञ्चालन गरिरहेका छन्।

 

2