udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

बाढी प्रभावित क्षेत्रमा एनसेलको स्याटलाइट सेवा

बाढी प्रभावित क्षेत्रमा एनसेलको स्याटलाइट सेवा
A A+ A-

काठमाडौँ । एनसेलले भोटेकोशी नदीको बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई सहज बनाउन स्याटलाइट प्रविधिमा आधारित इन्टरनेट सेवा उपलब्ध गराउन थालेको छ।

एनसेलले युटेलस्याटको लो अर्थ अर्बिट स्याटलाइटबाट सञ्चालित उपकरणहरू सरकारी निकायसँगको समन्वयमा बाढी प्रभावित महत्वपूर्ण स्थानमा जडान गरिरहेको जनाएको छ। सञ्चार सञ्जाल अवरुद्ध भएको अवस्थामा समेत यस प्रविधिबाट इन्टरनेट सेवा सञ्चालन गर्न सकिने कम्पनीले जनाएको छ।

बाढी प्रभावित समुदाय, होल्डिङ सेन्टर, राहत वितरण केन्द्र, अस्थायी शिविर तथा आपत्कालीन कार्यस्थलमा निःशुल्क इन्टरनेट उपलब्ध गराइनेछ। हालसम्म नुवाकोटका तीन महत्वपूर्ण स्थानमा सेवा सञ्चालनमा ल्याइएको र अन्य प्रभावित क्षेत्रमा पनि जडान कार्य भइरहेको एनसेलले जनाएको छ।

स्याटलाइटबाट प्राप्त इन्टरनेट सिग्नललाई जमिनमा जडान गरिएको उपकरणमार्फत वरपरका क्षेत्रमा वाइफाइका रूपमा वितरण गरिन्छ। सामान्य मोबाइल तथा इन्टरनेट सेवा अवरुद्ध भए पनि यसबाट इन्टरनेट चलाउन सकिने कम्पनीको भनाइ छ।

एनसेलका अनुसार उक्त प्रविधिले उच्च गतिको र कम विलम्बता भएको कनेक्टिभिटी प्रदान गर्छ। यसबाट सन्देश आदानप्रदान, इन्टरनेट कल, सूचना प्राप्ति, ब्राउजिङ तथा उद्धार र राहत कार्यको समन्वय गर्न सकिनेछ।

एनसेलले यो सेवा सञ्चालनका लागि नेपाल दूरसञ्चार प्राधिकरणलगायत सम्बन्धित सरकारी निकायबाट आवश्यक स्वीकृति प्राप्त गरिसकेको जनाएको छ।

एनसेलका प्रमुख कर्पोरेट तथा नियामक अधिकृत डिल्ली राम श्रेष्ठले सडक र सञ्चार पूर्वाधार प्रभावित भएका नुवाकोटका तीन स्थानमा स्याटलाइट सञ्चार पहुँच स्थापना गरिएको बताए। यसले उद्धार तथा राहत कार्यसँगै प्रभावित स्थानीयलाई सम्पर्कमा रहन सहयोग पुग्ने उनको भनाइ छ।

कम्पनीका अनुसार बाढी प्रभावित क्षेत्रका तीन लाखभन्दा बढी ग्राहकलाई पहिलो दिनदेखि नै दैनिक निःशुल्क भ्वाइस, डाटा र एसएमएस सेवा उपलब्ध गराउँदै आएको छ।

त्यस्तै, एनसेल फाउन्डेसनमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एक करोड रुपैयाँ सहयोग गरिएको कम्पनीले जनाएको छ।

एनसेलले सडक अवरुद्ध, फाइबर क्षतिग्रस्त तथा नियमित दूरसञ्चार सेवा प्रभावित भएका क्षेत्रमा आपत्कालीन सञ्चारलाई प्राथमिकता दिएको जनाएको छ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action