udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

सोना सिमेन्टको व्यापार साढे ४ अर्ब

सोना सिमेन्टको व्यापार साढे ४ अर्ब
A A+ A-

काठमाडौं । सोनापुर मिनरल्स एन्ड आयलले गत आर्थिक वर्षमा ४ अर्ब ४१ करोड ९० लाख रुपैयाँको व्यापार गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको व्यापार ६८ प्रतिशतले बढेको हो ।

कम्पनीले सन् २०२५ मा २ अर्ब ६२ करोड ४० लाख रुपैयाँ, २०२४ मा १ अर्ब ६४ करोड १० लाख रुपैयाँ, २०२३ मा १ अर्ब ८० करोड १० लाख रुपैयाँ र २०२२ मा २ अर्ब ३७ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीका अनुसार गत आवमा सिमेन्टको बिक्री परिमाण बढ्नुका साथै मूल्यमा समेत वृद्धि भएपछि व्यापार बढेको हो ।

गत आवमा कम्पनीको सञ्चालन नाफा ८१ प्रतिशतले बढेर १ अर्ब ५ करोड ९० लाख रुपैयाँ पुगेको छ । सञ्चालन मार्जिन पनि २२.२६ प्रतिशतबाट बढेर २३.९६ प्रतिशत पुगेको छ ।

कम्पनीको खुद नाफा पनि उल्लेख्य बढेको छ । गत आवमा कम्पनीले ३३ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ । सन् २०२५ मा कम्पनीको खुद नाफा ४ करोड ७० लाख रुपैयाँ थियो ।

कम्पनीको नगद सञ्चिति पनि बढेको छ । सन् २०२५ मा १९ करोड ६० लाख रुपैयाँ रहेको कुल नगद सञ्चिति गत आवमा बढेर ५८ करोड ९० लाख रुपैयाँ पुगेको छ ।

व्यापार र नाफा बढेसँगै कम्पनीको ऋण पनि घटेको छ । सन् २०२५ मा ६ अर्ब ७८ करोड ३० लाख रुपैयाँ रहेको कुल ऋण गत आवमा घटेर ६ अर्ब ४० करोड २० लाख रुपैयाँमा झरेको छ ।

कम्पनीको गियरिङ अनुपात १.३४ गुणाबाट घटेर १.२५ गुणामा आएको छ । कुल बाह्य दायित्व र ट्यान्जिबल नेटवर्थ अनुपात १.७९ गुणा रहेको छ ।

त्यस्तै, कम्पनीको ब्याज कभरेज अनुपात १.५४ गुणाबाट बढेर २.२६ गुणा पुगेको छ । ऋण सेवा कभरेज अनुपात पनि ०.९३ गुणाबाट सुधार भई १.२८ गुणा पुगेको छ ।

सन् २००८ मा स्थापना भएको सोनापुर मिनरल्स एन्ड आयल सन् २०२२ मा पब्लिक कम्पनी बनेको हो । कम्पनीले ओपीसी र पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ । ओपीसी सिमेन्ट ‘सोना सिमेन्ट’ र पीपीसी सिमेन्ट ‘सोना श्री सिमेन्ट’ ब्रान्डमा बिक्री हुँदै आएको छ ।

कम्पनीमा निपेश तयालको १५.८१ प्रतिशत, आरपी माइनिङ प्रालिको १५.८० प्रतिशत र एएन माइनिङ प्रालिको १२.४७ प्रतिशत स्वामित्व रहेको छ । यी तीन संस्थापक तथा प्रवर्द्धक समूहको कुल स्वामित्व ४४.०८ प्रतिशत रहेको छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि कुल ८ अर्ब ६६ करोड रुपैयाँको रेटिङ गराएको छ । जसअन्तर्गत दीर्घकालीन ६ अर्ब ३८ करोड ८४ लाख रुपैयाँ कर्जाका लागि ‘आईआरएन बीबीप्लस’ र अल्पकालीन २ अर्ब २७ करोड २० लाख रुपैयाँका लागि ‘आईआरएन ए४प्लस’ रेटिङ प्राप्त गरेको छ ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action