udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

भोटेकोशी बाढी : जर्मनीको आठ मिलियन युरो सहायता

भोटेकोशी बाढी : जर्मनीको आठ मिलियन युरो सहायता
A A+ A-

काठमाडौं। जर्मनीले रसुवाको भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि आठ मिलियन युरो सहायता गरेको छ।

सहकार्य तथा युरोपेली र बहुपक्षीय संयन्त्रमार्फत उक्त सहयोग प्रदान गरिएको यहाँस्थित जर्मनी दूतावासले जनाएको छ। जर्मनीले यसअघि पाँच लाख युरो मूल्य बराबरको आपतकालीन सहायता प्रदान गर्ने घोषणा गरेको थियो।

नेपाल सरकारको अनुरोधमा भान्साका सामग्रीका सेट, त्रिपाल, लामखुट्टेको जाली, खानेपानी आपूर्तिका उपकरण तथा क्याम्प बेड युरोपेली संघको नागरिक सुरक्षा संयन्त्रमार्फत नेपाल आउँदैछ।

उक्त राहत सामग्री जर्मन संघीय प्राविधिक राहत निकायका साथै जर्मन लाइफ सेभिङ एसोसिएसन र जर्मनीको थुरिङ्गिया संघीय राज्यले उपलब्ध गराएका हुन्।

त्यसैगरी, जर्मनीले तत्कालीन मानवीय आवश्यकता सम्बोधन गरिरहेका दुई  संस्थालाई प्रत्यक्ष रूपमा दुई लाख युरो सहयोग प्रदान गरिरहेको छ। एउटा परियोजनाले विपदबाट प्रभावित गर्भवती महिला, नयाँ आमा तथा नवजात शिशुको स्वास्थ्य र कल्याणमा ध्यान केन्द्रित गर्नेछ।

यसअन्तर्गत आपतकालीन सामग्री उपलब्ध गराउने, अत्यावश्यक स्वास्थ्य सेवामा पहुँच कायम राख्ने तथा संक्रमण रोकथामलाई सुदृढ गर्ने कार्य समावेश छन्।

दोस्रो परियोजना युरोपेली संघको मानवीय प्रतिकार्यको एक हिस्सा हुने दूतावासको भनाइ छ। जुन युरोपेली नागरिक सुरक्षा तथा मानवीय सहायता सञ्चालनसम्बन्धी महानिर्देशनालयमार्फत सञ्चालन हुनेछ।

उक्त परियोजनामार्फत जर्मनीले विपदबाट प्रभावित घरपरिवारका लागि आयआर्जनका अवसर सिर्जना, पूर्वाधार पुनःस्थापनामा सहयोग पुर्‍याउन तथा विस्थापित शिविरको अवस्था सुधार गर्न सहयोग गर्ने जनाएको छ।

विपद्को प्रभाव तत्कालीन आपतकालीन अवस्थाभन्दा परसम्म रहने कुरालाई ध्यानमा राख्दै जर्मनीले आफ्नो विकास सहकार्यअन्तर्गत थप सात दशमलव ३५ मिलियन युरो परिचालन गरेको छ। उक्त रकम जर्मन संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालयले उपलब्ध गराउनेछ र कार्यान्वयन जिआइजेडमार्फत गरिनेछ।

नेपाल सरकारसँगको दीर्घकालीन साझेदारीलाई निरन्तरता दिँदै जिआइजेडले स्वास्थ्य तथा ऊर्जाका क्षेत्रमा सहायता प्रदान गर्नेछ। यसमा अत्यावश्यक स्वास्थ्य सेवा, ऊर्जा तथा पानी आपूर्तिमा पहुँच कायम राख्न विशेष ध्यान दिइनेछ।

जर्मनीले जलवायु तथा विपद् प्रतिरोधी पूर्वाधारलाई सुदृढ बनाउन तथा भविष्यमा आउने प्राकृतिक विपद्प्रति नेपालको उत्थानशीलता सुधार गर्न नेपालका दीर्घकालीन प्रयासलाई सहयोग गर्ने लक्ष्य राखेको छ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action