udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

बाढीले क्षतिग्रस्त महादेव फाँट-छबिसे सडक मर्मत कार्य तीव्र

बाढीले क्षतिग्रस्त महादेव फाँट-छबिसे सडक मर्मत कार्य तीव्र
A A+ A-

काठमाडौं। रसुवामा आएको बाढीका कारण त्रिशूली नदीले कटान गरेपछि क्षतिग्रस्त बनेको गल्छी-रसुवागढी सडकखण्डअन्तर्गत महादेव फाँट-छबिसे सडकको मर्मत कार्य तीव्र पारिएको छ। भदौ १० गतेको बाढीले नदीको बहाव बढाउँदा सडकको तल्लो भाग कटान भई संरचना कमजोर बनेको थियो। सडकको केही भाग भासिएपछि उक्त खण्डमा यातायात सेवा पूर्ण रूपमा बन्द छ।

सडक अवरुद्ध भएपछि प्राविधिक टोलीले क्षतिग्रस्त क्षेत्रको स्थलगत निरीक्षण गरी तत्काल सञ्चालनमा ल्याउने उद्देश्यले काम अघि बढाएका छन्। निर्माण टोलीले नदीको थप कटान रोक्न सडकको आधार मजबुत बनाउने, क्षतिग्रस्त भाग पुर्ने र वैकल्पिक संरचना निर्माणको काम गरिरहेको छ। मुख्य सडक बन्द हुँदा लामो दूरीका यात्रु, स्थानीय बासिन्दा र मालवाहक सवारीसाधन प्रभावित भएका छन्। यद्यपि, वैकल्पिक मार्ग प्रयोग गरी गल्छीदेखि देवीघाटसम्म भने आवतजावत गर्न सकिने अवस्था छ।

चीनसँगको उत्तरी नाका रसुवागढी जोड्ने यो सडक महत्वपूर्ण मार्ग मानिन्छ। सडक अवरोधका कारण स्थानीय आवागमनका साथै व्यापारिक तथा मालवाहक यातायातमा समेत असर परेको छ।

रसुवातर्फ जाने यात्रु तथा ढुवानीकर्ताहरूले हाल वैकल्पिक मार्गको प्रयोग गर्नुपर्ने बाध्यता छ। निर्माण पक्षले नदीको बहाव, मौसम र भौगोलिक अवस्थालाई ध्यानमा राख्दै क्षतिग्रस्त सडकलाई जतिसक्दो छिटो अस्थायी रूपमा सञ्चालनमा ल्याउने प्रयास गरिरहेको छ। अस्थायी सञ्चालनपछि दीर्घकालीन रूपमा सुरक्षित सडक संरचना निर्माण गर्ने तयारी रहेको छ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action