udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

समृद्ध नेपाल सहकारीका कारण मोरङका सयौँ बचतकर्ता पीडित

समृद्ध नेपाल सहकारीका कारण मोरङका सयौँ बचतकर्ता पीडित
A A+ A-

काठमाडौं। काठमाडौंमा प्रधान कार्यालय रहेको समृद्ध नेपाल कृषि सहकारी संस्था लिमिटेडले मोरङको बेलबारी सेवा केन्द्र बन्द गरेपछि सयौँ बचतकर्ताको करोडौँ रुपैयाँ अलपत्र परेको छ। संस्थाले कार्यालय बन्द गरेसँगै बचत फिर्ता माग्दै १६५ जनाभन्दा बढी बचतकर्ताले लिखित निवेदन दिएका छन्।

बेलबारी शाखामा जम्मा भएको बचतकर्ताको १ करोड ५७ लाख रुपैयाँभन्दा बढी रकम फिर्ता नभएको पाइएको छ। पीडितहरूका अनुसार संस्थाले हालसम्म १६२ जनालाई २० लाख ७४ हजार ३४ रुपैयाँ मात्र फिर्ता गरेको छ। अझै १ करोड ३६ लाख २५ हजार ९६६ रुपैयाँ बचतकर्ताले पाउन बाँकी रहेको छ।

बचतकर्ताहरूले पटक-पटक प्रशासन र प्रहरी गुहारे पनि समस्या समाधान हुन सकेको छैन। २०८२ साल चैतमा शाखा कार्यालय बन्द भएपछि भएको लिखित सहमतिअनुसार रकम फिर्ता नभएको पीडित राजकुमार कार्कीले बताए। उनले आफ्नो १५ लाख ४९ हजार रुपैयाँभन्दा बढी रकम महिनौँदेखि सहकारीमा अड्किएको जानकारी दिए।

जिल्ला प्रशासन कार्यालय मोरङको दबाबपछि संस्थाले केही रकम फिर्ता गर्ने र किस्ताबन्दी तालिका सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको छ। यद्यपि, संस्थाको ऋण असुली शून्य रहेको र तरलताको अभाव कायमै रहेकाले बचतकर्ताहरू थप सशङ्कित बनेका छन्।

संस्थाकी सचिव उषा दाहालले भने बजारमा लगानी गरिएको कर्जा समयमा असुल हुन नसक्दा र वित्तीय मन्दीका कारण समस्या उत्पन्न भएको दाबी गरिन्। उनले उपलब्ध स्रोतबाट रकम फिर्ता गर्ने प्रयास भइरहेको र कसैको निक्षेप नडुब्ने आश्वासन दिइन्। काठमाडौं महानगरपालिका-३५ मा दर्ता भएको उक्त संस्थाले पछिल्लो समय वित्तीय अनुशासन कायम राख्न नसकेको देखिएको छ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action