udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

घरजग्गा कारोबारमा उल्लेख्य सुधार: एक वर्षमा ७ खर्ब २० अर्बको कारोबार

घरजग्गा कारोबारमा उल्लेख्य सुधार: एक वर्षमा ७ खर्ब २० अर्बको कारोबार
A A+ A-

काठमाडौं। नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा घरजग्गा क्षेत्रमा उल्लेख्य सुधार देखिएको छ। समीक्षा अवधिमा कुल ७ खर्ब २० अर्ब ८६ करोड रुपैयाँ बराबरको घरजग्गा कारोबार भएको छ, जुन अघिल्लो वर्षको ३ खर्ब ८६ अर्ब १५ करोड रुपैयाँको तुलनामा झन्डै दोब्बर हो।

राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सो अवधिमा घरजग्गा कारोबार सङ्ख्यामा ४.७४ प्रतिशत र कुल क्षेत्रफलमा १५.४१ प्रतिशतको वृद्धि भएको छ।

कारोबारमा आएको यस सुधारसँगै सरकारी राजस्व सङ्कलनमा पनि ४८.२६ प्रतिशतको वृद्धि देखिएको छ। चौथो त्रैमासको तथ्याङ्क अनुसार कुल २३ अर्ब ५० करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ, जसमा रजिस्ट्रेसन दस्तुर १२ अर्ब १० करोड, लाभकर १० अर्ब र अन्य १ अर्ब ४० करोड रुपैयाँ समावेश छ। यस अवधिमा पुँजीगत लाभकर ६३.२२ प्रतिशतले बढेको छ।

बैंक तथा वित्तीय संस्थाबाट घरजग्गा क्षेत्रमा प्रवाह हुने कर्जा ६.१३ प्रतिशतले बढेर ७ खर्ब ४१ अर्ब ७० करोड रुपैयाँ पुगेको छ। प्रदेशगत रूपमा बागमती प्रदेशमा राजीनामा कारोबार सङ्ख्या ६९.३८ प्रतिशतले बढेको छ भने मधेस प्रदेशमा भने कारोबार सङ्ख्या र क्षेत्रफलमा सामान्य गिरावट देखिएको छ।

देशभर २.५ आनादेखि १० आनासम्मका घडेरीहरूको कारोबार सबैभन्दा बढी भएको छ। काठमाडौं महानगरपालिकामा घरजग्गा कारोबार सङ्ख्या १५५.७४ प्रतिशतले बढेको छ भने ललितपुर, पोखरा, भरतपुर, विराटनगर र वीरगञ्जमा पनि कारोबारमा उच्च वृद्धि देखिएको छ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action