काठमाडौं। सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको आजका लागि निर्धारित बैठक विशेष कारणवश स्थगित भएको छ।
समिति सचिवालयले एक सूचना जारी गर्दै आज बिहान १० बजेका लागि तय गरिएको बैठक स्थगित भएको जानकारी दिएको हो। सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने भनिएको उक्त बैठकमा विभिन्न कार्यसूचीहरू समावेश थिए।
सचिवालयका अनुसार बैठकमा ‘अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्न बनेको विधेयक’ माथि सैद्धान्तिक छलफल गर्ने कार्यक्रम थियो।
साथै, सो विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराएका सांसदहरूसँग छलफल गर्ने र अन्य विविध विषयमा समेत छलफल गर्ने कार्यसूची तय गरिएको थियो। बैठक स्थगित हुनुको विस्तृत कारण भने खुलाइएको छैन।
