काठमाडौं। एमजी मोटरको नेपालका लागि आधिकारिक वितरक पारामाउण्ट मोटर्सले चाडपर्वलाई लक्षित गर्दै ‘ड्राइभ मोर, सेलिब्रेट मोर’ नामक विशेष अफर सार्वजनिक गरेको छ। असोज ६ गतेदेखि सुरु भएको यो योजना छठ पर्वसम्म लागू हुनेछ।
यस अफरअन्तर्गत एमजीका विभिन्न मोडलका गाडी खरिद गर्दा ग्राहकले ३ लाख रुपैयाँसम्म बचत गर्न सक्नेछन्। कम्पनीले गाडी खरिदमा निःशुल्क अटो प्लस इन्स्योरेन्स, निःशुल्क रोड ट्याक्स, सहज एक्सचेन्ज र फाइनान्स सुविधा उपलब्ध गराउने जनाएको छ।
अफरमा एमजी एचएस पीएचईभी/एचईभी, एमजी यू९ ईभी, एमजी आईएम६, एमजी एस६ ईभी, एमजी एस५ ईभी र एमजी ४ लगायतका मोडल समावेश गरिएको छ। कम्पनीका अनुसार हालै सार्वजनिक एमजी एचएस पीएचईभी/एचईभीले हाइब्रिड प्रविधि र प्रिमियम सुविधा प्रदान गर्छ। त्यस्तै, एमजी यू९ ईभी फोरह्विल्ड इलेक्ट्रिक पिकअप हो भने १८० किलोवाट मोटर क्षमताको एमजी एस६ ईभीले ५३० किलोमिटरसम्मको रेन्ज दिन्छ।
त्यसैगरी, ४३ लाख ९९ हजार रुपैयाँबाट सुरु हुने एमजी एस५ ईभी पनि ग्राहकका लागि आकर्षक विकल्प रहेको कम्पनीले जनाएको छ। इच्छुक ग्राहकले नजिकको एमजी शोरुममा सम्पर्क गरी अफर, मूल्य र मोडलका बारेमा थप जानकारी लिन सक्नेछन्।
