udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

५५ महिनापछि फेरि ब्युँतियो ऐतिहासिक जय नेपाल हल

५५ महिनापछि फेरि ब्युँतियो ऐतिहासिक जय नेपाल हल
A A+ A-

काठमाडौं। काठमाडौंको हात्तीसारमा रहेको नेपालको सबैभन्दा जेठो सिनेमा हल ‘जय नेपाल’ ५५ महिनाको लामो बन्दपछि पुनः सञ्चालनमा आएको छ।

कोरोना महामारी र मल्टिप्लेक्सको बढ्दो प्रभावका कारण २०७८ असोज ४ गते बन्द भएको यो हल १८ वैशाख २०८३ देखि आधुनिक स्वरूपमा ब्युँतिएको हो। अध्यक्ष सञ्जय श्रेष्ठको नेतृत्वमा रहेको युवा समूहले करिब १५ करोड रुपैयाँ लगानी गरी यसको ऐतिहासिक संरचना जोगाउँदै पुनरुत्थान गरेको छ।

सन् १९५२ मा अशोक राणाद्वारा स्थापित यो हल नेपाली चलचित्र इतिहासको साक्षी मानिन्छ। नेपालको पहिलो ऐतिहासिक चलचित्र ‘आमा’ यही हलमा प्रदर्शन गरिएको थियो। सन् २००१ मा क्युएफएक्सले व्यवस्थापन सम्हालेपछि यो हलले मल्टिप्लेक्स संस्कृतिको सुरुवात गरेको थियो। २० वर्षसम्म सफलतापूर्वक सञ्चालन भए पनि पछिल्ला वर्षहरूमा एकल स्क्रिन हलहरू ओझेलमा पर्दा यो हल बन्द भएको थियो।

सञ्चालक समितिले पुरानो मौलिकता नबिगारी हलको पुननिर्माण गरेको छ। अध्यक्ष श्रेष्ठ भन्छन्, “हामीले पुरानो भवनको बाहिरी फ्रेम र ऐतिहासिक संरचनालाई मात्र जस्ताको तस्तै राखेर भित्री भाग सबै भत्काएर नयाँ बनाउनुपर्यो। १२ देखि १५ करोड रुपैयाँ खर्च भएको छ।”

नयाँ व्यवस्थापनले हलमा विश्वस्तरीय लेजर प्रोजेक्टर र नेपालमै पहिलो पटक युक्रेनबाट आयात गरिएको ‘एमएजी’ ७.१ साउन्ड सिस्टम जडान गरेको छ। ३०६ सिट क्षमताको यो हलमा पुरानो ‘शाही बाल्कोनी’लाई ‘गोल्डेन’ र ‘प्लेटिनम’ क्लासको रूपमा परिमार्जन गरिएको छ।

तत्कालीन राजपरिवारका सदस्यहरूले फिल्म हेर्ने गरेको यस हलको इतिहास निकै रोचक छ। वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले पनि आफ्नो युवावस्थामा टिकट काट्न घण्टौँ लाइन बसेको किस्सा सुनाउँदै यसको महत्व दर्शाएका छन्।

अहिले यो हल पुनः चलचित्र प्रदर्शन र विभिन्न सांस्कृतिक कार्यक्रमको केन्द्र बनेको छ। सञ्चालक समूहले जय नेपालको सफलतापछि नेपालका अन्य सहरमा रहेका पुराना र जीर्ण सिनेमा हलहरूलाई पनि यसैगरी आधुनिक प्रविधिसहित ब्युँताउने योजना बनाएको छ।

2

Betsixty

Einen Blick wert — crypto casino für spannende Casino-Action