udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

सिङ्गापुरमा ८० हजार कर्मचारीलाई एआई तालिम दिइने

सिङ्गापुरमा ८० हजार कर्मचारीलाई एआई तालिम दिइने
A A+ A-

काठमाडौं। सिङ्गापुरको वित्तीय क्षेत्रले सन् २०२८ सम्ममा ८० हजारभन्दा बढी कर्मचारीलाई कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी सीपमा तालिम दिने घोषणा गरेको छ। उपप्रधानमन्त्री गान किम योङले बिहीबार यससम्बन्धी जानकारी दिएको हो।

बैङ्किङ, बीमा र सम्पत्ति व्यवस्थापन क्षेत्रका २३ वित्तीय संस्थाले यस प्रतिबद्धतामा सहभागिता जनाएका छन्। यी संस्थाहरूले हालै स्थापना गरिएको ‘इन्स्टिच्युट अफ बैङ्किङ एन्ड फाइनान्स (आईबीएफ) एआई वर्कफोर्स को-ल्याब’ मार्फत आफ्ना कर्मचारीलाई तालिम प्रदान गर्नेछन्।

व्यापार तथा उद्योगमन्त्री र सिङ्गापुरको केन्द्रीय बैङ्क ‘मोनेटरी अथोरिटी अफ सिङ्गापुर’ का अध्यक्षसमेत रहेका गानका अनुसार, सहभागी संस्थाहरूले आफ्ना सबै कर्मचारीलाई आईबीएफबाट मान्यताप्राप्त कार्यक्रममा सामेल गराउने प्रतिबद्धता जनाएका छन्। हालसम्म आधाभन्दा बढी कर्मचारीले यस्तो तालिम लिइसकेका छन्।

यस को-ल्याबले रोजगारदाता र साझेदार संस्थाहरूलाई एकै ठाउँमा ल्याएर कार्यप्रकृतिमा भइरहेको परिवर्तनको मूल्याङ्कन गर्नेछ। साथै, तालिम र कार्यप्रणालीमा आवश्यक सुधारका लागि व्यावहारिक उपायहरू परीक्षण गरी प्राप्त अनुभव वित्तीय क्षेत्रसँग साझा गरिनेछ।

उपप्रधानमन्त्री गानले एआईको प्रयोगले ग्राहक सेवा, वित्तीय परामर्श, ऋण स्वीकृति, ठगी पहिचान, बजार विश्लेषण र सफ्टवेयर विकासजस्ता क्षेत्रमा वित्तीय संस्थाको कार्यशैलीमा व्यापक परिवर्तन ल्याएको बताए। “हामी एआईको प्रयोगबाट सिङ्गापुरका नागरिकका लागि राम्रो करियरका अवसर र थप उत्पादनशील जनशक्ति निर्माण गर्न चाहन्छौँ,” उनले भने। यस लक्ष्य प्राप्तिका लागि वित्तीय संस्थाको सक्रियतासँगै सरकार र श्रमिक सङ्गठनको साझेदारी आवश्यक रहेको उनले जोड दिए।

2

Betsixty

Einen Blick wert — crypto casino für spannende Casino-Action