udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

बैंकहरुको कर्जा प्रवाहमा ६३ अर्बको सुधार

बैंकहरुको कर्जा प्रवाहमा ६३ अर्बको सुधार
A A+ A-

काठमाडौं। चालु आर्थिक वर्ष २०८३/८४ को भदौ महिनामा बैंकहरुको कर्जा प्रवाहमा ६३ अर्ब रुपैयाँले सुधार भएको छ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार भदौ मसान्तसम्म २० वटा वाणिज्य बैंकहरुबाट कुल ५३ खर्ब ५० अर्ब ६५ करोड रुपैयाँ ऋण प्रवाह भएको छ। साउन मसान्तमा यस्तो कर्जा ५२ खर्ब ८७ अर्ब रुपैयाँ रहेको थियो।

तथ्यांकअनुसार सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १५ वटाले कर्जा विस्तार गरेका छन्। सबैभन्दा बढी कर्जा विस्तार ग्लोबल आइएमई बैंकले गरेको छ, जसले एक महिनामै १६ अर्ब १९ करोड रुपैयाँ थप लगानी गरेको छ।

यसैगरी लक्ष्मी सनराइज बैंकले १० अर्ब ३१ करोड, कुमारी बैंकले ७ अर्ब ६५ करोड र एभरेष्ट बैंकले ७ अर्ब ६४ करोड रुपैयाँ कर्जा बढाएका छन्। अर्कोतर्फ एनआईसी एसिया, सानिमा, राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कर्जा प्रवाह भने असार मसान्तको तुलनामा खुम्चिएको छ।

नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले कर्जा विस्तारको यो अवस्थाले अधिक तरलता व्यवस्थापनमा सघाउ पुग्ने संकेत देखिएको बताए। उनले स्थिर सरकार, सुधारोन्मुख आर्थिक नीति र न्यून ब्याजदरका कारण निजी क्षेत्रबाट कर्जाको माग बढ्न थालेको उल्लेख गरे। ‘हामीसँग १२/१३ सय हाराहारीको अधिक तरलता हो। सरकार र नीतिहरु स्थिर हुने हो भने कर्जा सुधार भइहाल्छ,’ कोइरालाले भने।

कर्जा बढे पनि निक्षेप संकलनमा भएको वृद्धिका कारण तरलतामा भने खासै चाप परेको छैन। वाणिज्य बैंकहरुको कुल निक्षेप संकलन ७५ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको छ, जुन असार मसान्तमा ७५ खर्ब १ अर्ब रुपैयाँ थियो। यस अवधिमा ६३ अर्ब ऋण प्रवाह हुँदा निक्षेप भने ७५ अर्ब रुपैयाँले बढेको छ।

हाल वाणिज्य बैंकहरुको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ७१.१९ प्रतिशत रहेको छ, जुन असार मसान्तमा ६९.९० प्रतिशत थियो। विज्ञहरुका अनुसार चाडपर्वको समयमा कर्जाको माग बढ्नु स्वभाविक प्रक्रिया हो।

2

Betsixty

Einen Blick wert — crypto casino für spannende Casino-Action