udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

प्युठानसहितका जिल्लामा आज साँझदेखि विद्युत् सेवा सुचारु हुने

प्युठानसहितका जिल्लामा आज साँझदेखि विद्युत् सेवा सुचारु हुने
A A+ A-

काठमाडौं: प्युठान, रोल्पा र रुकुम पूर्वका विभिन्न क्षेत्रमा अवरुद्ध विद्युत् सेवा क्रमशः सुचारु गर्ने प्रयास तीव्र पारिएको छ। अर्घाखाँचीबाट प्युठान आउने ३३ केभी प्रसारण लाइन मर्मतपछि आज साँझ ७ बजेसम्म सञ्चालनमा आउने सम्भावना छ। यसले सदरमुकामसहित जिल्लाका धेरै स्थानमा विद्युत् आपूर्ति सहज बनाउनेछ।

लमही-झिम्रुक १३२ केभी प्रसारण लाइनअन्तर्गत दाङको मुर्कुटीमा चुँडिएको कन्डक्टर मर्मत भइरहेको छ। वर्षाका कारण काममा कठिनाइ भए पनि आज राति १० बजेसम्म लाइन सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। यसपछि प्युठानमा पूर्ण रूपमा र रोल्पाको लिबाङसहित पूर्वी क्षेत्रमा विद्युत् सेवा सुचारु हुने अपेक्षा गरिएको छ।

रोल्पाको होलेरी क्षेत्रमा प्राविधिक टोली बिहानैदेखि मर्मतमा खटिएका छन्। त्यहाँ पाँच स्प्यान कन्डक्टर पोलसहित ढलेको र अन्य चार स्थानमा रुखले तार चुँडाएको पाइएको छ। सो क्षेत्रमा भोलिसम्म सेवा सुचारु गर्ने लक्ष्य छ। थवाङतर्फ जाने लाइनमा भने ठुलो क्षति पुगेको छ। बाटो अवरुद्ध हुँदा प्राविधिक टोलीलाई घटनास्थल पुग्न समय लागेको र क्षतिको पूर्ण विवरण आउन बाँकी छ।

रुकुम पूर्वमा सल्यान हुँदै आउने लाइन सल्यान वितरण केन्द्रअन्तर्गत अवरुद्ध भएको छ। पहिरोले पोल बगाएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। त्यहाँ पनि भोलिसम्म सेवा पुनः सञ्चालन गर्ने गरी काम भइरहेको छ। हाल रुकुमकोटमा भने स्थानीय राप्ती हाइड्रोमार्फत विद्युत् आपूर्ति भइरहेको छ। विद्युत् पूर्वाधारमा क्षति पुगेका कारण मर्मतमा समय लागे पनि प्राविधिक टोली परिचालन गरी चरणबद्ध रूपमा सेवा सुचारु गर्ने काम भइरहेको छ।

2

Betsixty

Einen Blick wert — crypto casino für spannende Casino-Action