काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुनुअघि नै खेलको उत्साह बढाउन एक्सट्रीम इनर्जी ड्रिङ्कले विशेष प्रवर्द्धनात्मक अभियान सुरु गरेको छ। प्रतियोगितामा सहभागी आठमध्ये सात टोलीको प्रायोजक रहेको कम्पनीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानबाहिर सातवटा विशेष गेट निर्माण गरेको छ।
यी गेटहरू प्रत्येक टोलीको पहिचान र एक्सट्रीमको ब्रान्डिङ झल्किने गरी सजाइएका छन्। क्रिकेट समर्थकहरूलाई आफ्नो टोलीसँग जोड्ने उद्देश्यले निर्माण गरिएका यी गेटहरूले मैदानको वातावरणलाई थप उत्सवमय बनाएको कम्पनीको भनाइ छ। एनपीएल सुरु हुनुअघि यस्तो बृहत् स्तरको प्रवर्द्धनात्मक गतिविधि गर्ने आफू पहिलो ब्रान्ड भएको कम्पनीले दाबी गरेको छ।
एक्सट्रीमले काठमाडौं गोर्खाज, विराटनगर किङ्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्ससँग प्रायोजन साझेदारी गरेको छ। मैदानबाहिरका गेटका साथै कम्पनीले पोल ब्यानर, होर्डिङ बोर्ड र टेलिभिजन विज्ञापनमार्फत पनि प्रतियोगिताको माहोललाई देशव्यापी रूपमा प्रचार गरिरहेको छ। एनपीएल सिजन ३ आगामी कात्तिक ९ देखि मंसिर ५ गतेसम्म सञ्चालन हुने तालिका छ।
