काठमाडौं: बाढीका कारण कालीगण्डकी, मर्स्याङ्दी र सेती-मादी करिडोरलगायतका राष्ट्रिय प्रसारण लाइनबाट १ हजार १३.२ मेगावाट विद्युत् आपूर्ति बन्द भएको छ।
बाढीका कारण प्रसारण लाइनका टावर ढल्दा ३१८ मेगावाट क्षमताका जलविद्युत् आयोजना पूर्ण रूपमा बन्द भएका छन्। यसैगरी, बाढीपहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै सुरक्षात्मक उपायस्वरूप ६९५.२ मेगावाट क्षमताका आयोजनाको उत्पादन पनि रोकिएको छ।
प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति यथाशीघ्र पुनःस्थापना गर्न प्राविधिक टोली परिचालन गरिएको प्रधानमन्त्री बालेन शाहले आइतबार राति जानकारी दिएका छन्।
