काठमाडौं। कन्ज्युमर टेक्नोलोजी ब्रान्ड अल्टिमा लाइफस्टाइलले चाडपर्वलाई लक्षित गर्दै ‘दशैँ मेला ३: तेस्रो अध्याय’ अभियान सार्वजनिक गरेको छ।
सेप्टेम्बर ३० को राति ८ बजेदेखि सुरु भएको यो अभियान अक्टोबर १५ सम्म सञ्चालन हुनेछ। कम्पनीका अनुसार यस अवधिमा ग्राहकले अल्टिमाका उत्पादनमा ७० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
अभियानअन्तर्गत मालामाल कम्बो अफरमा साउन्डबार, अल्टिमा प्राइम, ई४०० र बुस्ट २०के प्रो को सेट २४ हजार ९९९ रुपैयाँमा उपलब्ध छ, जसको वास्तविक मूल्य ४२ हजार ९९९ रुपैयाँ हो। त्यस्तै, अल्टिमा वाच नेभिगेटर र औरा इयरबड्सको कम्बो ८ हजार ९९९ रुपैयाँमा खरिद गर्न सकिनेछ। वेबसाइटबाट पहिलोपटक खरिद गर्ने ग्राहकले २०० रुपैयाँको फ्ल्याट प्रोमो कोड पाउनेछन्।
कम्पनीले २५ लाख रुपैयाँसम्मको पुरस्कार जित्ने अवसरसहित ‘स्पिन एन्ड विन’ योजना पनि ल्याएको छ, जसमा थाइल्यान्ड यात्रा, सुनका सिक्का र एडभेन्चर स्पोर्ट्स एक्सपिरियन्स समावेश छन्। साथै, निश्चित रकमभन्दा बढीको खरिदमा निःशुल्क उपहारको व्यवस्था छ। जसमा १२ हजारको खरिदमा बुम १४१ इयरबड्स, १५ हजारमा बुस्ट २०के प्रो पावरब्यांक र २० हजारमा मार्वल स्पिकर निःशुल्क पाइनेछ।
ग्राहकले शून्य प्रतिशत ब्याजदरमा ईएमआई सुविधा पनि उपयोग गर्न सक्नेछन्। यसबाहेक रश आवर सेलमा सीमित समयका लागि थप आकर्षक डिलहरू उपलब्ध हुनेछन्। हिरो प्रडक्ट डिलअन्तर्गत क्लियर माइक ३ हजार ४४९, २०के मिनी ३ हजार १९९, नेभिगेटर ६ हजार ४९९, बुम १४१ १ हजार ९४९ र बास ४३० २ हजार १९९ रुपैयाँमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ।
