काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि विभिन्न क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी रहँदा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा १६ अर्ब १५ करोड ५५ लाख ३३ हजार ४६८ रुपैयाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार उक्त रकम कोषमा मौज्दात रहेको हो।
कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा १२ अर्ब ५ लाख ९९ हजार ७२९ रुपैयाँ नगद मौज्दात रहेको छ। यसैगरी हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा २ करोड ७१ लाख ६ हजार ८२२ अमेरिकी डलर जम्मा भएको छ।
सरकारले यसअघि नै बाढी प्रभावित क्षेत्रमा राहत र उद्धार कार्यका लागि कोषबाट १ अर्ब रुपैयाँ निकासा गरिसकेको छ। बाढीपछि प्रभावित क्षेत्रमा सहयोग गर्ने क्रम निरन्तर जारी रहेको छ।
