Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

दशैंमा नयाँ नोट उत्सवका रूपमा नसाटिने

दशैंमा नयाँ नोट उत्सवका रूपमा नसाटिने
A A+ A-

काठमाडौं । यस वर्षको बडादशैंलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले नयाँ तथा सुकिला नोट उत्सवका रूपमा सटही नगर्ने भएको छ। आवश्यकताका आधारमा भने सर्वसाधारणले राष्ट्र बैंक तथा सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट नयाँ र सुकिला नोट साट्न पाउनेछन्।

राष्ट्र बैंकका अनुसार हालैको बाढीपहिरो र भारी वर्षाबाट भएको क्षतिलाई ध्यानमा राख्दै विगतका वर्षमा जस्तो औपचारिक रूपमा नयाँ नोट सटही कार्यक्रम सञ्चालन नगरिएको हो।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक अनुज दहालले आवश्यक पर्ने सर्वसाधारणलाई नियमित सटही काउन्टरबाटै नयाँ तथा सुकिला नोट उपलब्ध गराउने व्यवस्था गरिएको बताए।

उनका अनुसार राष्ट्र बैंकको काउन्टरमा आउने सर्वसाधारणलाई सकेसम्म नयाँ नोट उपलब्ध गराइँदैछ। ठूलो परिमाणमा माग गर्ने व्यापारी तथा व्यावसायिक प्रयोजनका लागि भने सुकिला नोट दिने गरिएको छ।

बैंक तथा वित्तीय संस्था र फाइनान्स कम्पनीहरूलाई पनि आवश्यक नोट पठाइसकिएको राष्ट्र बैंकले जनाएको छ। ती संस्थाले आफ्ना ग्राहकलाई आवश्यकताअनुसार नोट वितरण गरिरहेका छन्।

दशैंका लागि साना दरका नोटको सटही कति हुन्छ भन्ने यकिन तथ्यांक भने आगामी साताबाट आउने राष्ट्र बैंकले जनाएको छ। विगतको प्रवृत्तिका आधारमा यस वर्ष दशैंका लागि करिब १० देखि १५ अर्ब रुपैयाँ बराबरका साना दरका नोट बजारमा जाने अनुमान गरिएको छ।

दशैंमा मुख्यगरी ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नोट बढी सटही हुने गरेका छन्। सोह्र श्राद्ध सकिएपछि दशैं नजिकिँदै जाँदा नयाँ तथा सुकिला नोट साट्ने सर्वसाधारणको चाप बढ्ने राष्ट्र बैंकले जनाएको छ।

2