Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

एटीएममा १०० का नोट राख्दै बैंकहरू

एटीएममा १०० का नोट राख्दै बैंकहरू
A A+ A-

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना एटीएमबाट १०० रुपैयाँ दरका नोट वितरण गर्न थालेका छन्। नेपाल राष्ट्र बैंकको आग्रहपछि दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै केही एटीएममा १०० रुपैयाँका नोट राख्न थालिएको हो।

यसअघि अधिकांश एटीएमबाट ५०० र १ हजार रुपैयाँ दरका नोट मात्र निकाल्न मिल्ने व्यवस्था थियो। अहिले काठमाडौं उपत्यकाका केही प्रमुख स्थानमा १०० रुपैयाँका नोटसमेत निकाल्न मिल्ने गरी एटीएमको प्राविधिक व्यवस्था गरिएको छ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा मुद्रा व्यवस्थापन विभागका प्रमुख अनुज दाहालका अनुसार विशेषगरी विद्यार्थी र सर्वसाधारणको सहजताका लागि एटीएममा १०० रुपैयाँका नोट राख्न बैंकहरूलाई आग्रह गरिएको हो। सिंहदरबार, न्युरोडलगायतका केही स्थानका एटीएमबाट अहिले १०० रुपैयाँका नोट निकाल्न सकिने व्यवस्था भइसकेको उनले बताए।

बैंकहरूले आफ्ना कुल एटीएममध्ये १५ देखि २५ प्रतिशत मेसिनमा १०० रुपैयाँका नोट राख्न सकिने जानकारी राष्ट्र बैंकलाई दिएका छन्।

दशैं, तिहार र छठजस्ता चाडपर्वका बेला साना दरका नोट साट्न बैंकका काउन्टरमा भीड बढ्ने गरेको छ। यस्तो भीड कम गर्न र सर्वसाधारणलाई एटीएमबाटै साना दरका नोट उपलब्ध गराउने उद्देश्यले राष्ट्र बैंकले बैंकर्स संघमार्फत बैंकहरूलाई आग्रह गरेको हो।

तर, तत्काल सबै एटीएमबाट १०० रुपैयाँका नोट निकाल्न भने सम्भव छैन। पुराना एटीएममा सामान्यतया दुईवटा क्यासेट मात्र हुने भएकाले १ हजार र ५०० रुपैयाँका नोट राखिसकेपछि १०० रुपैयाँको नोट थप्न प्राविधिक समस्या हुने बैंकहरूले बताएका छन्।

नयाँ प्रविधिका एटीएममा भने तीनदेखि चारवटासम्म क्यासेट हुने भएकाले थप क्यासेटमा १०० रुपैयाँका नोट राख्न सकिन्छ। सञ्चालनमा रहेका कुल एटीएममध्ये करिब २५ प्रतिशत नयाँ प्रविधिका रहेकाले त्यस्ता मेसिनबाट तत्काल १०० रुपैयाँका नोट वितरण गर्न सकिने बैंकरहरूको भनाइ छ।

एटीएमबाटै १०० रुपैयाँका नोट उपलब्ध हुन थालेपछि थोरै रकम आवश्यक पर्ने विद्यार्थी, न्यून आय भएका नागरिक तथा खुद्रा रकम चाहिने सर्वसाधारणलाई सहज हुने अपेक्षा गरिएको छ।

2