Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

आज कुन तरकारीको मूल्य कति?

आज कुन तरकारीको मूल्य कति?
A A+ A-

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि तरकारी तथा फलफूलको नयाँ थोक मूल्य सूची सार्वजनिक गरेको छ।

पछिल्लो विवरण अनुसार बजारमा भन्टाको मूल्यमा वृद्धि भएको छ भने आलु, प्याज र गोलभेँडाको भाउ घटेको छ।

समितिको तथ्यांक अनुसार आज ठूलो नेपाली गोलभेँडाको औसत थोक मूल्य प्रतिकिलो ६५ रुपैयाँ र भारतीय ठूलो गोलभेँडाको मूल्य ७५ रुपैयाँ कायम भएको छ।

हिजो शुक्रबार नेपाली गोलभेँडा ८५ रुपैयाँ र भारतीय गोलभेँडा ९५ रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, भारतीय सुकेको प्याजको मूल्य ८७ रुपैयाँ र रातो आलुको मूल्य ५६ रुपैयाँ प्रति केजी रहेको छ।

मूल्य बढेका तरकारीहरूमा भन्टा प्रमुख छ। आज लाम्चो भन्टाको मूल्य ७५ रुपैयाँ र डल्ले भन्टाको मूल्य ८५ रुपैयाँ पुगेको छ। हिजो यी तरकारीहरू क्रमशः ५५ र ६५ रुपैयाँमा बिक्री भएका थिए।

अन्य तरकारीहरूमा स्थानीय काउली ११० रुपैयाँ, लोकल बन्दा ५० रुपैयाँ, र हाइब्रिड मुला ५५ रुपैयाँ प्रति केजीमा किनबेच भइरहेको छ। सागसब्जीमध्ये पालुंगोको साग १७५ रुपैयाँ र कन्य च्याउ २४२ रुपैयाँ प्रति केजीमा उपलब्ध छ। कुरिलोको थोक मूल्य ७५० रुपैयाँ प्रति केजी तोकिएको छ।

समितिले सार्वजनिक गरेको यो मूल्य थोक बजारको हो। खुद्रा बजारमा उपभोक्ताले यी तरकारीहरू अझ महँगो मूल्यमा खरिद गर्नुपर्ने अवस्था छ। धेरैजसो तरकारीको मूल्य भने स्थिर रहेको समितिले जनाएको छ।

2