काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य गिरावट आएको छ। साताको अन्तिमतिर बजार ओरालो लाग्ने क्रममा नेप्से परिसूचक ६.३८ अङ्कले घटेर २५७२.३४ विन्दुमा बन्द भएको छ।
परिसूचकमा गिरावट आए पनि बजारमा कारोबार रकम भने उच्च देखिएको छ। आज दिनभरिमा कुल ३ अर्ब ७४ करोड ८० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। यस अवधिमा १ करोड ३ लाख कित्ता सेयर किनबेच भएका छन्। नेप्सेका अनुसार आज ३९ हजार ४६६ वटा कारोबारमार्फत ३५९ वटा स्क्रिप्टको सेयर किनबेच भएको छ।
आजको बजारमा अधिकांश कम्पनीको सेयर मूल्यमा दबाब देखिएको छ। कुल १६७ वटा कम्पनीको सेयर मूल्य घट्दा १०० वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १२ वटा कम्पनीको मूल्य स्थिर रहेको छ। आजको कारोबारमा सर्वाधिक कमाउने र कारोबार हुने कम्पनीमा घलेम्दी हाइड्रोपावर रहेको छ। घलेम्दी हाइड्रोपावरको सेयर मूल्य ६.२५ प्रतिशतले बढेको छ।
