Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

सुदूरपश्चिम प्रदेशको बजेट प्रस्तुतिमा अन्योल

सुदूरपश्चिम प्रदेशको बजेट प्रस्तुतिमा अन्योल
A A+ A-

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट बुधबार साँझ ५ बजे प्रदेशसभामा प्रस्तुत गर्ने तयारी गरे पनि समयमा बजेट आउनेमा अन्योल देखिएको छ। बजेट प्रस्तुत गर्नुअघि मन्त्रिपरिषद्बाट स्वीकृत गर्नुपर्ने प्रावधान छ, तर अपराह्न ४ बजेसम्म पनि मन्त्रिपरिषद् बैठकको समय टुङ्गो लाग्न सकेको छैन। सरकारका एक मन्त्रीका अनुसार बजेटका विषयमा सहमति जुटाउने प्रयास भइरहेकाले बैठक बस्न ढिलाइ भएको हो।

प्रदेशसभाका सभामुख भीम भण्डारीले साँझ ५ बजेका लागि बैठक आह्वान गरिएको भए पनि बजेट प्रस्तुत गर्ने तयारी स्पष्ट रूपमा अघि नबढेको बताए। मन्त्रिपरिषद्बाट बजेट वक्तव्य, रातो किताब, विनियोजन विधेयक र आर्थिक विधेयक स्वीकृत भएपछि मात्रै छपाइ गरी सांसदहरूलाई वितरण गर्नुपर्ने हुन्छ। बजेट निर्माणमा संलग्न एक अधिकारीका अनुसार मन्त्रिपरिषद् बैठक ढिलो बसेमा तोकिएको समयमा बजेट प्रस्तुत गर्न कठिन हुनेछ।

विषयगत मन्त्रालयहरूले बजेट सूचना प्रणालीमा आयोजना प्रविष्ट गरिसकेपछि आर्थिक मामिला मन्त्रालयले बजेटलाई अन्तिम रूप दिने काम गरिरहेको छ। स्रोतका अनुसार बजेट बाँडफाँटका विषयमा सहमति जुट्न बाँकी रहेकाले अन्तिम तयारी प्रभावित भएको हो। यसअघि प्रदेशसभाको कार्यव्यवस्था तथा परामर्श समितिले ५ बजेका लागि बैठक बोलाउने निर्णय गरेको थियो।

प्रदेश सरकारले समयमै बजेट पारित गर्न नसक्दा साउन १ गतेदेखि नै प्रदेश बजेट शून्यताको अवस्थामा छ। यसको असर अस्पताल सञ्चालन, आयोजना कार्यान्वयन, कार्यालय सञ्चालन र कर्मचारी तथा पदाधिकारीको तलबभत्तामा परेको छ। उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री एवं सरकारका प्रवक्ता प्रकाश रावलले छिट्टै मन्त्रिपरिषद् बैठक बसेर बजेट स्वीकृत गर्ने र आजै प्रदेशसभामा प्रस्तुत गर्ने तयारी रहेको बताएका छन्।

2