Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş

दुई वर्षमा टरिगाउँमा १४ सय मिटर धावनमार्ग बन्छ: मन्त्री पौडेल

दुई वर्षमा टरिगाउँमा १४ सय मिटर धावनमार्ग बन्छ: मन्त्री पौडेल
A A+ A-

दाङ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दाङको टरिगाउँ विमानस्थलमा दुई वर्षभित्र १४ सय मिटर धावन मार्ग विस्तार गरिने बताएका छन् ।

तुलसीपुर उपमहानगरपालिका–१२ स्थित उक्त विमानस्थलको आज स्थलगत अवलोकनपश्चात् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तुलसीपुरमा आयोजना गरेको ‘समग्र दाङको विकासमा टरिगाउँ विमानस्थलको महत्त्व’ विषयक खुला छलफल कार्यक्रममा मन्त्री पौडेलले चालु आर्थिक वर्षमा रु २५ करोड बजेट विनियोजन भएको भन्दै उक्त बजेटबाट यसै वर्षदेखि प्रारम्भिक काम सुरु गर्ने समेत बताए ।

“अहिले रु २५ करोड बजेट विनियोजन भएको छ”, उहाँले भन्नुभयो, “यसबाट प्रारम्भिक अध्ययन र फिलिङको काम सुरु गर्न सकिन्छ । यस वर्ष नै काम थालेर दुई वर्षभित्रमा कम्तीमा १४०० मिटर रनवे विमानस्थलको स्तरोन्नति हुनेछ ।”

मन्त्री पौडेलले नेपालगन्जमा कुहिरोले ढाक्यो वा अरू कारणले जहाज अवतरण हुन नसकेको अवस्थामा पनि टरिगाउँ विमानस्थललाई वैकल्पिक रूपमा विकास गर्न सकिने बताए । उनले प्राविधिकहरुले अवलोकन गरेका आधारमा धावनमार्ग अहिलेकै अवस्थामा विस्तार गर्न सकिने समेत बताए । हाल ७५० मिटर लम्बाइको धावन मार्ग रहेको उल्लेख गर्दै मन्त्री पौडेलले त्यसमा ६०० मिटर थप गर्न सकिने सम्भावना रहेको बताए ।

“रनवे एक्सटेन्सनको सम्भावना एकदमै छ”, उनले भने, “रनवेलाई टिल्ट गर्नुपर्छ भन्ने सुनिए पनि नपर्नेजस्तो प्रारम्भिक अनुमान छ ।”

कार्यक्रममा रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले विमानस्थल निर्माणका विषयमा अनावश्यक राजनीतिक विवाद नगर्न आग्रह गरे । उनले टरिगाउँ विमानस्थलको स्तरोन्नति क्षेत्रीय अर्थतन्त्रसँग जोडिएको बताए। “हामीले नारायणपुर र टरिगाउँको विवाद बन्द गर्नुपर्छ”, उनले भने, “त्यसैले अहिलेका लागि टरिगाउँ विमानस्थललाई विस्तार गर्ने हो ।”

महामन्त्री आचार्यले विमानस्थलले झण्डै १८ लाख जनसङ्ख्यालाई जोड्ने उल्लेख गर्दै उक्त विमानस्थल दाङको मात्र नभई सल्यान, रोल्पा, रुकुम, सुर्खेतलगायतका नागरिकसँग जोडिने बताए ।

त्यस्तै दाङ क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य कमल सुवेदीले आफ्नो कार्यकालभित्र ठुला जहाज उडाउने प्रतिबद्धता व्यक्त गरे । “यहाँ कसैले विमानस्थल बन्दै बन्दैन र बनाउनै सकिँदैन भन्ने भाष्य बनाएका छन्”, उनले भने, “अब यो विमानस्थल बन्छ र बनाउनुपर्छ ।” उहाँले दाङको समग्र विकासका लागि सडक, स्वास्थ्य र नेपाल संस्कृत विश्वविद्यालयको स्तरोन्नति पनि सँगै अघि बढाइने बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले टरिगाउँ विमानस्थलका लागि विनियोजित बजेटको प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालय प्रतिबद्ध रहने बताए । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक मुकेश डङ्गोलले धावनमार्गको ओरिएन्टेसन यथावत् राखी कसरी लागत घटाउन सकिन्छ भन्ने विषयमा छलफल भइरहेको बताए । उनका अनुसार विस्तृत अध्ययनपछि यसलाई अगाडि बढाउन सकिनेछ ।

तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष विनिल केसीले १२५० मिटर धावनमार्गमा ७२ सिट क्षमताको जहाज अवतरण गर्न सक्दैन भन्ने भ्रामक भाष्यलाई चिर्दै विनियोजित रु २५ करोड बजेटबाट तत्काल काम सुरु गर्नुपर्ने बताए ।

“भरतपुरको १२५० मिटर, सिमराको ११९२ मिटर र सुर्खेतको १२५५ मिटरमा ७२ सिट क्षमताको एटीआर जहाज सञ्चालनमा छन्, भने हाम्रो १२५० मिटरमा किन बस्दैन रु यो आम दाङवासीको साझा प्रश्न हो”, उनले भने, “रु २५ करोड बजेटबाट ७५० मिटरको धावनमार्गलाई १२५० मिटर पुर्‍याउन टेन्डर प्रक्रिया तत्काल अघि बढाइनुपर्छ ।” ठुला जहाज सञ्चालन भएमा छ महिनासम्मको जहाजको टिकटको जिम्मा लिन निजी क्षेत्र तयार रहेको समेत उनको भनाइ थियो ।

तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख स्यानी चौधरीले अहिले विनियोजन गरिएको बजेट कार्यान्वयन गर्नका लागि सबै क्षेत्रबाट सहयोग गर्नुपर्ने बताए । उक्त विमानस्थल २०११ सालमा स्थापना भएको हो । विसं २०४२ सम्म नियमित हवाई सेवा सञ्चालन भए पनि त्यसयता उक्त विमानस्थलमा नियमित हवाई सेवा सञ्चालन हुन सकेको छैन ।

पछिल्लो समय हप्तामा चार दिन जहाज चल्ने भनिए पनि नियमित रूपमा चल्न सकेको छैन । यसलाई निरन्तरता दिन यस क्षेत्रका सरोकारवालाले पटक–पटक दबाबमूलक अभियान समेत सञ्चालन गर्दै आएका छन् । हाल विमानस्थलको धावनमार्ग ७५० मिटर छ । जसले गर्दा १९ सिट क्षमताको जहाज मात्रै अवतरण गर्न सक्छन् । विमानस्थलमा इन्धन डिपो समेत स्थापना भएको छ ।

यसैबिच, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पौडेलले आज पश्चिम दाङको दङ्गिशरण गाउँपालिका–५ चखौरास्थित थारु सङ्ग्रहालयको समेत अवलोकन गरे ।

2