Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş

बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
A A+ A-

काठमाडौं। बाढी तथा पहिरोका कारण देशका विभिन्न भागमा मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। पछिल्लो विवरण अनुसार रसुवाका मुख्य राजमार्गका सबै सडक खण्डहरू पूर्ण रूपमा बन्द रहेका छन्।

धादिङको धुनिबेशी-९, खत्रीपौवामा गएको पहिरोका कारण त्रिभुवन राजपथ एकतर्फी मात्र सञ्चालनमा छ। त्यस्तै, धादिङको गजुरी-५, गलौंदीमा पहिरो जाँदा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

काभ्रेमा पनि बाढीका कारण बिपी राजमार्ग पूर्ण रूपमा बन्द छ। गण्डकी प्रदेशको म्याग्दीस्थित रघुगंगा-२, बैसरीमा पहिरोले गर्दा बेनि-जोमसोम सडक खण्ड एकतर्फी रूपमा सञ्चालन भइरहेको छ।

नवलपरासी पूर्वको बौदिकाली-३, जन्ती पहिरोमा सडक अवरुद्ध हुँदा कालिगण्डकी करिडोर एकतर्फी सञ्चालनमा छ, जहाँ ठुला सवारी साधन आवतजावत गर्न सक्ने अवस्था छैन।

साथै, बेशीसहरदेखि खाङसारसम्मको सडक बाढीका कारण एकतर्फी रूपमा मात्र सञ्चालनमा रहेको छ। अन्य सडक खण्डहरूमा पनि अवरोध कायमै छ।

पहिरोका कारण कालिगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ भने भेरी करिडोर सडक खण्ड एकतर्फी सुचारु छ। सल्यानको बनगाड कुपिण्डे-११, बालुवासंग्रहीमा गएको पहिरोका कारण उक्त सडक खण्ड पूर्ण रूपमा बन्द भएको छ।

2