काठमाडौं।ईपीएस कोरिया शाखाले आगामी मंसिर १ गतेदेखि सञ्चालन हुने कोरियन भाषा परीक्षाको तालिका सार्वजनिक गरेको छ। यस पटक परीक्षामा सेवा र वन क्षेत्र थपिएका छन्। यसअघि उत्पादनमूलक तथा कृषि र पशुपालन क्षेत्रमा मात्रै परीक्षा सञ्चालन हुँदै आएको थियो।
शाखाका अनुसार सेवा क्षेत्रमा नोभेम्बर १७, वन क्षेत्रमा नोभेम्बर १८, कृषि तथा पशुपालन क्षेत्रमा नोभेम्बर २० र उत्पादनमूलक क्षेत्रमा डिसेम्बर ११ देखि परीक्षा सुरु हुनेछ। परीक्षा सन् २०२७ फेब्रुअरी २५ सम्म सञ्चालन हुनेछ।
यस पटक परीक्षाका लागि कुल ७६ हजार १७३ जनाले आवेदन दिएका छन्। तीमध्ये उत्पादनमूलक क्षेत्रमा ५३ हजार १०३, कृषि तथा पशुपालनमा २० हजार ९०७, वन क्षेत्रमा १ हजार १२४ र सेवा क्षेत्रमा १ हजार ३९ जनाले आवेदन दिएका छन्।

