Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

फ्लाई दुबईले बढायो पोखरा उडानको बुकिङ अवधि

फ्लाई दुबईले बढायो पोखरा उडानको बुकिङ अवधि
A A+ A-

काठमाडौं: पोखरा र दुबईबीचको उडान सेवा नियमित र दिगो हुनेमा पर्यटन व्यवसायीहरू विश्वस्त देखिएका छन्। फ्लाई दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडानका लागि सन् २०२७ अक्टोबर ३० सम्मको टिकट बुकिङ खुला गरेपछि व्यवसायीहरू थप उत्साहित भएका हुन्।

फ्लाई नमस्ते ट्राभल्सका सञ्चालक पोमनारायण श्रेष्ठले सुरुवाती चरणको उत्साहजनक प्रतिक्रियाका कारण एयरलाइन्सले बुकिङ अवधि बढाएको बताए। चाडबाडको समयमा दुबईबाट पोखरा आउने यात्रुको चाप बढी रहेको र चाडबाड सकिएपछि पोखराबाट दुबई जाने यात्रुको सङ्ख्या बढ्ने अपेक्षा गरिएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतका अनुसार असोज ७ गतेयता मौसमका कारण एउटा उडान रद्द भए पनि अन्य उडानहरू नियमित सञ्चालन भइरहेका छन्। उडान तालिका अनुसार हरेक दिन साँझ ६:१५ बजे पोखरा अवतरण हुने र ७:१५ बजे दुबईका लागि प्रस्थान गर्ने गरेको छ। गत सोमबारसम्म तीन हजार ११३ यात्रु दुबईबाट पोखरा आएका छन् भने एक हजार ४२३ यात्रु पोखराबाट दुबई प्रस्थान गरेका छन्।

फ्लाई दुबईले १६५ यात्रु क्षमताको बोइङ ७३७ म्याक्स ८ जहाजमार्फत सेवा दिइरहेको छ। पोखरा विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्ने फ्लाई दुबई पहिलो वायुसेवा कम्पनी हो। यसअघि विमानस्थलबाट चार्टर उडान मात्र हुँदै आएका थिए।

सरकारले अन्तर्राष्ट्रिय उडानलाई आकर्षित गर्न विभिन्न शुल्कमा छुटको व्यवस्था गरेको छ। विसं २०८५ भदौ मसान्तसम्म विमानस्थलमा पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्क पूर्ण रूपमा छुट दिइएको छ भने ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिइएको छ। यस उडानले दुबईलाई ट्रान्जिट बनाएर पोखरालाई विश्वका विभिन्न मुलुकसँग जोडेको छ, जसबाट पर्यटन र आर्थिक गतिविधिमा टेवा पुग्ने विश्वास लिइएको छ।

2