Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

नारायणी नदी नियन्त्रण आयोजना बहुवर्षीय बनाउन जोड

नारायणी नदी नियन्त्रण आयोजना बहुवर्षीय बनाउन जोड
नवलपुर (नवलपरासी), ११ असोजः नारायणी नदीमा आएको यस वर्षको सबैभन्दा ठूलो बाढी । नारायणी नदीको देवघाटस्थित जलमापन केन्द्रकाअनुसार अहिले नदीमा पानीको सतह ११ मिटर काटेको छ । नदीमा पानीको सतह ७.३ मिटरलाई सतर्कता र ९ मिटरलाई खतराको तह मानिन्छ । तस्बिरः टेकराज पोखरेल÷रासस
A A+ A-

चितवन। नारायणी नदी नियन्त्रण आयोजनालाई बहुवर्षीय बनाएर काम गरिने भएको छ।

लगातार नारायणी नदीको कटान र तटबन्धमा समस्या देखिएपछि योजनाबद्ध रुपमा काम अघि बढाउन लागिएको हो। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवं चितवन क्षेत्र नं ३ की सांसद सोविता गौतमको पहलमा उक्त काम अघि बढेको हो।

सरोकारवालासँगको छलफलमा नारायणी नदी नियन्त्रण आयोजनालाई बहुवर्षीय बनाउने र आवश्यक निर्माण सामग्रीको सुनिश्चितता गर्ने प्रतिबद्धता जनाइएको छ।सिँचाइ तथा जलस्रोत आयोजना भरतपुरका सूचना अधिकारी इन्जिनियर सागर पौडेलले छलफलमा सो कुरा प्रकाश पारेका हुन्।

मन्त्री गौतमको उपस्थितिमा छलफलको आयोजना गरिएको हो। छलफलमा  प्रमुख जिल्ला अधिकारी, सिँचाइ तथा जलस्रोत आयोजना भरतपुरका कर्मचारी, सरोकारवाला, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापतिसहित दलका नेता तथा कार्यकर्ता तथा स्थानीयवासीको उपस्थिति थियो।  नारायणी नदीको कटान नियन्त्रण, तटबन्ध संरक्षण तथा दीर्घकालीन समाधानका विषयमा छलफल भएको थियो।

छलफलमा भरतपुर महानगरपालिकाका विभिन्न तटीय क्षेत्रमा नारायणी नदीले गर्दै आएको कटान नियन्त्रणका लागि अल्पकालीन रूपमा काम गर्ने  नपर्ने गरी दीर्घकालीन योजना बनाएर काम गर्नुपर्नेमा जोड दिइएको थियो।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नदी नियन्त्रणका लागि बहुवर्षीय आयोजनाका रूपमा अघि बढाउनु पर्ने बताए। दीर्घकालीन समाधानका लागि  वार्षिक भन्दा बहुवर्षीय योजना बनाएर आवश्यक स्रोत व्यवस्थापन गर्नुपर्नेमा उनले जोड दिए।

सिँचाइ तथा जलस्रोत आयोजना भरतपुरका प्रमुख डा. नारायण सुवेदीले नदी नियन्त्रणका लागि कंक्रिटको प्रयोगभन्दा बोल्डर (ठूला ढुङ्गा) को प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताए। तटबन्ध निर्माणका लागि बजेट छुट्याइए पनि आवश्यक ठूला ढुङ्गाको उपलब्धता र स्रोत सुनिश्चितता मुख्य समस्याका रूपमा रहेको  छ।

2