Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

नदी कटान रोक्न तटीय क्षेत्रमा वृक्षरोपण

नदी कटान रोक्न तटीय क्षेत्रमा वृक्षरोपण
A A+ A-

कञ्चनपुर। कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्थित खल्लागोठमा मछेली नदीको कटान रोक्न तटीय क्षेत्रमा पाँच हजार बिरुवा वृक्षरोपण गरिएको छ।

डिभिजन वन कार्यालय कञ्चनपुर, दातृ निकाय र स्थानीयको जनश्रमदानमा बाढीले क्षति गरेको जग्गा संरक्षण गरेर वृक्षरोपण गरिएको हो। मछेली सामुदायिक विपद् व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर महताले नदीको बगरमा विभिन्न प्रजातिका छ हजार बोट बिरुवा वृक्षरोपण गरेको बताए।

उनका अनुसार डिभिजन वन कार्यालय कञ्चनपुरको रु एक लाख, जनहित महाकाली वन उपभोक्ता समितिबाट रु दुई लाख, नेपाल राष्ट्रिय समाज कल्याण सङ्घबाट रु दुई लाख पच्चिस हजार र समुदायको जनश्रमदान रु ४३ हजार सहयोगमा करिब १० बिघा क्षेत्रफलमा वृक्षरोपण गरिएको हो।

“डिभिजन वन कार्यालय र सामुदायिक वनको सहयोगमा वृक्षरोपण गरेर संरक्षण गरेका छौँ”, अध्यक्ष महताले भने, “संरक्षण गरिएको नदी बगरको घाँस बिक्री गर्छौं त्यसकै आम्दानीबाट बोट बिरुवाको संरक्षणमा खर्च हुन्छ।”

उनका अनुसार एक भारी घाँसको रु १० मा बिक्री गर्ने गरिएको छ। त्यसैगरी अठन्नीफाँटाका किसानले पनि बन्द नदीको कटान रोक्न बन्दा नदी बगरमा दुई हजार बोटबिरुवा वृक्षरोपण गरेका छन्।

विसं २०४६ मा आएको बाढीले यहाँका चार घर विस्थापित भएका थिए। त्यसयता पनि नदीले हरेक वर्ष खेतीयोग्य जमिन कटान गरेपछि यहाँबाट धेरै मानिसहरु विस्थापित भएको यहाँका स्थानीय गणेशबहादुर बोहराले बताए।

उनका अनुसार वडा कार्यालय, नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ समुदायको जनश्रमदान गरी रु छ लाख ५३ हजारमा दुई हजार बोट बिरुवा वृक्षरोपण र संरक्षणका लागि तारबार गरिएको छ। स्थानीयहरुले जनश्रमदानमै नदीमा जैविक तटबन्ध समेत निर्माण गरेका छन्।

वृक्षरोपणले बस्ती सुरक्षित भएको यहाँका स्थानीय कलावती महराले बताए। उनका अनुसार नदी बगरमा बाँस, आँप र लिची गरेर विभिन्न प्रकारका छ हजार बोट वृक्षरोपण गरिएको छ।

2