काठमाडौं। हिमालय एयरलाइन्सले साउदी अरेबियाको दमामका लागि तय गरिएका आफ्ना उडानहरू रद्द गरेको छ।
एयरलाइन्सले यात्रुहरूको सुरक्षालाई उच्च प्राथमिकता दिँदै काठमाडौं-दमाम-काठमाडौं रुटका सेवाहरू स्थगित गरेको जनाएको छ।
एयरलाइन्सका अनुसार कात्तिक ८ गते काठमाडौंबाट दमाम जाने उडान नम्बर एच९-५५९ र कात्तिक ९ गते दमामबाट काठमाडौं फर्किने उडान नम्बर एच९-५६० रद्द भएका छन्।
हिमालय एयरलाइन्सले उडानसम्बन्धी थप अद्यावधिक जानकारीका लागि आफ्ना आधिकारिक सामाजिक सञ्जाल तथा वेबसाइट नियमित रूपमा हेर्न यात्रुहरूलाई आग्रह गरेको छ।

