Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

युरोपमा ग्यासको मूल्य १४० प्रतिशतले बढ्यो

युरोपमा ग्यासको मूल्य १४० प्रतिशतले बढ्यो
A A+ A-

काठमाडौं- युरोपले ऐतिहासिक रूपमा न्यून ग्यास भण्डारणका साथ जाडोयाममा प्रवेश गरिरहेको छ। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) का प्रमुख फातिह बिरोलले मध्यपूर्वमा जारी द्वन्द्वका कारण ऊर्जा आपूर्ति प्रभावित हुँदा आगामी महिनाहरूमा युरोपले ग्यासको मूल्यवृद्धि र आपूर्ति अभावको गम्भीर चुनौती सामना गर्नुपर्ने चेतावनी दिएका छन्।

फेब्रुअरीयता युरोपमा ग्यासको मूल्य १४० प्रतिशतले बढेको छ। युरोपेली संघको ग्यास भण्डारण क्षमता हाल ७२ प्रतिशत मात्र भरिएको छ, जुन सामान्यतया जाडोअघि ९० प्रतिशतसम्म पुग्ने गर्दथ्यो। भण्डारणको यो कमीले चिसो मौसममा घर तताउने, विद्युत् उत्पादन गर्ने र उद्योग सञ्चालन गर्ने कार्यमा समस्या निम्त्याउन सक्ने देखिएको छ।

बर्लिनमा आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा बिरोलले होर्मुज र बाब अल-मन्देब जलमार्गमा ऊर्जा आपूर्तिमा आएको अवरोधले विश्वभर प्रभाव पारेको बताए। उनले भने, ‘सामान्यतया जाडोअघि युरोपेली देशहरूमा पर्याप्त ग्यास भण्डारण हुन्छ। तर, यसपटक हामी ऐतिहासिक औसतभन्दा निकै कम भण्डारणसहित जाडोमा प्रवेश गर्दैछौं।’ उनले जाडो अत्यधिक चिसो भएमा प्राकृतिक ग्यासको मूल्य अझ बढ्न सक्ने सम्भावना औंल्याएका छन्।

युरोपले डिजेल आपूर्तिमा पनि चुनौती सामना गरिरहेको छ। युक्रेनले रूसी रिफाइनरीमा गरेको आक्रमण र मध्यपूर्वको संकटले ऊर्जा बजारलाई थप जटिल बनाएको छ। बिरोलले ऊर्जा क्षेत्र अब आर्थिक कारोबारभन्दा बढी भूराजनीतिक प्रतिस्पर्धाको विषय बनेकोमा चिन्ता व्यक्त गरे। उनले समयमै वैकल्पिक मार्ग र पाइपलाइनमा लगानी नगरेको भन्दै सरकारहरूको आलोचना गर्दै भने, ‘सरकारहरूले आवश्यक कदम समयमै नचालेकोमा म निराश छु। अहिले सबै जना हतारमा उपाय खोजिरहेका छन्, तर यी काम धेरै पहिले गरिनुपर्थ्यो।’

ऊर्जा संकटको असर कम गर्न जी-७ राष्ट्रहरूले रणनीतिक भण्डारबाट तेल र डिजेल बजारमा पठाउने निर्णय गरेका छन्। यद्यपि, बिरोलले युद्धको असर आगामी महिनाहरूमा पनि कायम रहने र जलमार्गमा आवागमन सामान्य नभएसम्म बजारलाई मूल्यवृद्धिबाट जोगाउन कठिन हुने चेतावनी दिएका छन्।

English

2