काठमाडौं: माछापुच्छ्रे बैंक लिमिटेडका अवरुद्ध वेबसाइट तथा वेबमा आधारित बैंकिङ सेवाहरू पुनः सञ्चालनमा आएका छन्। सिस्टम अपडेटका लागि रोकिएका ती सेवाहरू आवश्यक प्राविधिक कार्य सम्पन्न भएसँगै नियमित रूपमा सुचारु भएका हुन्।
बैंकले एक सूचना जारी गर्दै प्रणाली अद्यावधिक गर्ने कार्य सम्पन्न भएको र हाल सबै सेवाहरू पहिलेकै अवस्थामा फर्किएको जानकारी दिएको छ। पीएचपी सिस्टममा देखिएको विश्वव्यापी समस्याका कारण बैंकका ग्राहकसँग सम्बन्धित केही सेवाहरू अस्थायी रूपमा बन्द गरिएको थियो। प्राविधिक समस्या समाधान भएसँगै अब ग्राहकहरूले बैंकका सबै अनलाइन सेवाहरू प्रयोग गर्न सक्नेछन्।

