Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

नियोफिन हायर पर्चेज एनपीएलको अफिसियल प्लाटिनम क्याप स्पोन्सर

नियोफिन हायर पर्चेज एनपीएलको अफिसियल प्लाटिनम क्याप स्पोन्सर
A A+ A-

काठमाडौं। नियोफिन हायर पर्चेज प्रा.लि. नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी तीन वर्षका लागि अफिसियल प्लाटिनम क्याप स्पोन्सर बनेको छ।

यसका लागि नियोफिन हायर पर्चेज, क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) र टीसीएम स्पोर्टस मार्केटिङ प्रा.लि.बीच त्रिपक्षीय सम्झौता भएको छ।

सम्झौताअनुसार एनपीएलको प्रत्येक सिजनमा सर्वाधिक रन बनाउने ब्याटरलाई नगद पुरस्कारसहित नियोफिनको लोगो अंकित क्याप प्रदान गरिनेछ।

कम्पनीले उक्त उपलब्धि हासिल गर्ने खेलाडीलाई दुई लाख रुपैयाँ नगद पुरस्कार दिने जनाएको छ। एनपीएलको तेस्रो सिजनको टी-२० क्रिकेट प्रतियोगिता भोलिदेखि २९ नोभेम्बरसम्म कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आयोजना हुँदै छ।

नियोफिन हायर पर्चेज प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद तिम्सिनाले नेपालमा क्रिकेट सबै उमेर समूहका मानिसबीच लोकप्रिय खेलका रूपमा स्थापित भइसकेको बताए।

उनले एनपीएलजस्तो प्रतिष्ठित प्रतियोगितासँग साझेदारी गर्न पाउँदा गौरवान्वित भएको उल्लेख गर्दै सर्वाधिक रन बनाउने ब्याटरलाई प्रदान गरिने नियोफिन क्याप उत्कृष्टता, निरन्तरता र लगनशीलताको प्रतीक हुने बताए। तिम्सिनाका अनुसार यस साझेदारीले खेलकुद क्षेत्रको विकासमा योगदान पुर्‍याउने कम्पनीको प्रतिबद्धतालाई थप सुदृढ बनाउनेछ।

क्यान र टीसीएम स्पोर्टस मार्केटिङले पनि यस साझेदारीले प्रतियोगिताको स्तरवृद्धि तथा नेपाली क्रिकेटको प्रवर्द्धनमा सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

नियोफिन हायर पर्चेज नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गैरबैंकिङ वित्तीय संस्था हो। केडिया अर्गनाइजेसनअन्तर्गत सञ्चालित यो कम्पनी यसअघि बतास हायर पर्चेज प्रा.लि.का नामबाट सञ्चालित थियो। नयाँ ब्रान्ड पहिचानसहित सेवा विस्तार गरेको कम्पनीले काठमाडौं र पोखराबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ।

2