Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

नेपाली आकाशमा हेलिकोप्टर कम्पनी १३ पुगे

नेपाली आकाशमा हेलिकोप्टर कम्पनी १३ पुगे
A A+ A-

काठमाडौं । नेपाली आकाशमा व्यावसायिक उडान गर्ने हेलिकोप्टर कम्पनीको संख्या १३ पुगेको छ। लामो समयदेखि उडान अनुमतिको प्रतीक्षामा रहेको सगरमाथा हेलिकोप्टर कम्पनीले कात्तिक २ गतेदेखि व्यावसायिक उडान सुरु गरेसँगै कम्पनीको संख्या १३ पुगेको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरणले दसैंको बीचमा एयर अपरेटर सर्टिफिकेट (एओसी) जारी गरेपछि सगरमाथाले उडान थालेको हो। प्राधिकरणका अनुसार कम्पनीलाई तीन महिनाभित्र अर्को हेलिकोप्टर थप्ने र पाँच वर्षभित्र संख्या पाँच पुर्‍याउने सर्तमा अनुमति दिइएको छ। हाल कम्पनीसँग एउटा हेलिकोप्टर मात्रै छ।

सगरमाथाले २०८२ फागुनमा उडान सञ्चालनका लागि नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) पाएको थियो। त्यसपछि माउन्टेन हेलिकोप्टरबाट एउटा हेलिकोप्टर खरिद गरी आवश्यक कर्मचारी, कार्यालय र प्राविधिक व्यवस्थापन पूरा गरेर एओसीका लागि आवेदन दिएको थियो।

हेलिकोप्टर कम्पनीले व्यावसायिक उडान सुरु गर्नुअघि प्राधिकरणको पाँच चरणको प्रक्रिया पूरा गर्नुपर्छ। यस क्रममा कम्पनीको व्यावसायिक योजना, वित्तीय अवस्था, प्राविधिक कागजात, सुरक्षा मापदण्ड, भौतिक पूर्वाधार, जनशक्ति र उडान सञ्चालन क्षमताको परीक्षण गरिन्छ। सबै मापदण्ड पूरा भएपछि मात्रै एओसी जारी हुन्छ।

सगरमाथा थपिएसँगै नेपाली आकाशमा एयर डाइनेस्टी, अल्टिच्युड एयर, अन्नपूर्ण हेलिकोप्टर, फिस्टेल एयर, हेली एभरेस्ट, कैलाश हेलिकोप्टर सर्भिसेज, बेसक्याम्प हेलिकोप्टर, माउन्टेन हेलिकोप्टर, मुस्ताङ हेलिकोप्टर, प्रभु हेलिकोप्टर, सिम्रिक एयर र श्री एयरलाइन्ससहित १३ कम्पनी पुगेका छन्।

यसैबीच, हेलि नेपालले पनि एनओसी पाइसकेको छ। तर एनओसी प्राप्त गर्नु र व्यावसायिक उडान सञ्चालनका लागि आवश्यक एओसी प्राप्त गर्नु फरक प्रक्रिया हुन्।

2