Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis giriş casinomhub

मलेसिया रोजगारीबारे भ्रामक सूचना नफैलाउन सरकारको आग्रह

मलेसिया रोजगारीबारे भ्रामक सूचना नफैलाउन सरकारको आग्रह
A A+ A-

काठमाडौं: श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसियाको रोजगारीका विषयमा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा भ्रमपूर्ण र तथ्यहीन सूचना सम्प्रेषण भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो।

मन्त्रालयका अनुसार मलेसिया रोजगारीको पछिल्लो अवस्थाबारे मलेसिया सरकारका सम्बन्धित निकायसँग निरन्तर कूटनीतिक संवाद भइरहेको छ। सरकार आपसी संवादका माध्यमबाट यो विषयलाई यथाशीघ्र टुङ्ग्याउने पक्षमा रहेको छ। नेपालको संविधान, प्रचलित कानुन, वैदेशिक रोजगार ऐन तथा नियमावली, द्विपक्षीय सन्धि-सम्झौता र अन्तर्राष्ट्रिय कानुनको परिधिभित्र रहेर सरकारले संवाद गरिरहेको मन्त्रालयले स्पष्ट पारेको छ।

श्रमिकको दीर्घकालीन हित संरक्षणका लागि नेपालको संविधान, कानुनी व्यवस्था र श्रम समझदारीविपरीतका प्रणाली उपयुक्त नहुने मन्त्रालयको भनाइ छ। नेपाली श्रमिकको हित संरक्षण गर्दै नेपाल र मलेसियाबीचको श्रम आप्रवासनलाई व्यवस्थित, पारदर्शी, वस्तुनिष्ठ र न्यायोचित बनाउन सरकार प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।

मन्त्रालयले नेपाली श्रमिकको भर्ना प्रक्रियालाई निष्पक्ष बनाउन उपयुक्त प्रणाली सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ। नेपाल तथा मलेसिया दुवै सरकारलाई मान्य हुने पारदर्शी र निष्पक्ष भर्ना प्रणाली विकास गर्न नेपाल सरकार सकारात्मक रहेको छ। मन्त्रालयका सहसचिव तथा प्रवक्ता मिरा आचार्यद्वारा जारी विज्ञप्तिमा वैदेशिक रोजगारीजस्तो संवेदनशील विषयमा सत्यतथ्यबिना फैलाइने सूचनाले नागरिक तथा सरोकारवालामा अन्योल सिर्जना गर्न सक्ने भन्दै यथार्थ जानकारी गराइएको हो।

2