Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis giriş casinomhub

सिटिजन्स बैंकका ग्राहकलाई एथलीट ल्यान्डमा १५ प्रतिशतसम्म छुट

सिटिजन्स बैंकका ग्राहकलाई एथलीट ल्यान्डमा १५ प्रतिशतसम्म छुट
A A+ A-

काठमाडौं: सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ललितपुरको बालकुमारीस्थित एथलीट ल्यान्ड प्रालिबीच बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारी भएको छ। उक्त सम्झौताअनुसार बैंकका कार्डबाहक र मोबाइल बैंकिङ प्रयोगकर्ताले एथलीट ल्यान्डमा १५ प्रतिशतसम्म छुट पाउनेछन्।

बैंकले यस सहकार्यबाट ग्राहकलाई नगद कारोबारबाट डिजिटल कारोबारतर्फ आकर्षित गर्ने उद्देश्य लिएको छ। डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न बैंकले समय-समयमा यस्ता ग्राहकमैत्री सुविधाहरू ल्याउँदै आएको छ।

छुटसम्बन्धी विस्तृत विवरण बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध छ। सिटिजन्स बैंकले हालै विभिन्न नवीन सेवाहरू सञ्चालनमा ल्याएको छ। यसअघि फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक भर्चुअल ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सार्वजनिक गरेको बैंकले युवा लक्षित ‘सिटिजन्स जेन-जी सेभिङ अकाउन्ट’ र ‘सिटिजन्स डिजी बैंक सेवा’ जस्ता प्लेटफर्महरू पनि सुरु गरेको छ।

त्यस्तै, फ्रिलान्सरहरूका लागि विशेष बचत खाता र मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन दिने सुविधा पनि उपलब्ध गराएको छ। बैंकले अन्य बैंकका ग्राहकले समेत टेलर क्युआर स्क्यान गरी नगद निकाल्न मिल्ने क्रस बैंक टेलर सुविधासमेत सञ्चालनमा ल्याएको छ। हाल सिटिजन्स बैंकले ६१ जिल्लामा फैलिएका २ सय शाखा, १ सय ६७ एटिएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ८२ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

2