Logo

शेयर बजारमा हरियाली, कारोबार रकम १४ अर्ब नाघ्यो

अ+ अ-

काठमाडौं – आज पनि शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ३४ दशमलव ६१ अंकले बढेर २,७९४ को विन्दुमा कायम भएको छ । आज १९३ कम्पनीको शेयर मूल्य बढेको छ भने ५५ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३३० कम्पनीको ४ करोड ३१ लाख ११ हजार ४१६ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब ३ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै बुटवल पावर कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६१ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको ५६ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा माई हाइड्रोपावरको ३९ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै केबिएल डिबेञ्चरका इकाईधनी र थ्रि स्टार हाइड्रोपावरका लगानकिर्ताले कमाएका छन् । आज केबिएल डिबेञ्चरका इकाईधनीले १० प्रतिशतका दरले कमाएका छन् भने थ्रि स्टारका लगानीकर्ताले पनि १० प्रतिशतकै दरले कमाएका छन् । ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ८ दशमलव ४१ प्रतिशतका दरले कमाएका छन् । एनआइबिएल स्टेबल फन्डका इकाईधनीले ८ दशमलव ३२ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै माईखोला हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७ दशमलव ८७ प्रतिशतका दरले गुमाएका हुन् ।