काठमाडौं। टाटा मोटर्सका कमर्सियल सवारीसाधनका ग्राहकलाई सहज र छिटो सेवा दिने उद्देश्यले सिप्रदीको आधिकारिक सर्भिस सेन्टर श्री जल्पादेवी अटोवर्क्सले आफ्नो सेवा समय विस्तार गरेको छ।
नयाँ व्यवस्थाअनुसार, २०८३ असोज १ गतेदेखि लागू हुने गरी सर्भिस सेन्टरले अब बिहान ९ बजेदेखि राति ९ बजेसम्म सेवा उपलब्ध गराउने भएको छ। यसअघि यो सेवा बिहान ९ बजेदेखि बेलुकी ६ बजेसम्म मात्र सञ्चालनमा थियो।
सेवाको समय थपिएसँगै दिनभर सवारी साधन सञ्चालन गर्ने ग्राहकले अब साँझको समयमा पनि मर्मत तथा सर्भिसको सुविधा लिन सक्नेछन्। ग्राहकको समय र सवारी सञ्चालनको आवश्यकतालाई मध्यनजर गर्दै सेवा अवधि बढाइएको कम्पनीले जनाएको छ।
यसैबीच, कम्पनीले आधिकारिक पार्ट्स र लुब्रिकेन्ट्सको प्रयोगमा जोड दिएको छ। अवैध र नक्कली पार्ट्सको प्रयोगले इन्जिन, ब्रेक र क्लच प्रणालीमा क्षति पुर्याउनुका साथै मर्मत खर्चसमेत बढाउने चेतावनी कम्पनीले दिएको छ।
