Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

अटोमोबाइल दुर्घटनामा पर्ने पहिलो मानिस

अटोमोबाइल दुर्घटनामा पर्ने पहिलो मानिस
अ+ अ-

अटोमोबाइल दुर्घटनामा परेर मर्ने विश्वको पहिलो व्यक्तिका रूपमा मेरी वार्ड चिनिन्छिन् । सन् १८६९ मा उनका भाइले वाष्पशक्तिबाट चल्ने एउटा कार बनाएका थिए । मेरी र उनका पति हेनरीले सन् १८६९ अगस्त ३१ मा सो कारमा यात्रा गरिरहँदा पर्सन्सटाउनमा एउटा मोडमा मेरी कारबाट खसिन् र पाङ्ग्रामुनि परिन् । दुर्घटनामा परेकी उनको तत्कालै मृत्यु भयो ।

नजिकै बस्ने एक चिकित्सक तत्कालै घटनास्थलमा आइपुगे र उनले मेरीको कानबाट रगत बगिरहेको, घाउ भएको देखे । घातक चोटले गर्दा मेरीको गर्धनको हड्डी नै भाँचिएको पाइयो । के विश्वास गरिन्छ भने यस दुर्घटनापछि शोकाकुल परिवारले सो कार नष्ट गरेको थियो ।

आयरल्यान्डमा मेरी एक उदीयमान प्रकृतिविद् र खगोलशास्त्री थिइन् । उनले सूक्ष्मदर्शक यन्त्रका माध्यमबाट वनस्पति र जीवजन्तुको अनुसन्धानमा लामो समय बिताइन् । यिनै अनुसन्धानमा आधारित एउटा पुस्तकसमेत उनले प्रकाशित गरेकी पनि थिइन् । जसमा जीवजन्तु र वनस्पतिका बारेमा रेखाचित्रसहित विस्तृत जानकारी दिएकाले पाठक र साथीभाइमाझ यो पुस्तक लोकप्रिय भयो । सन् १८६९ अगस्तमा मेरीलाई बिदा मनाउनुपर्ने भयो । उनी दुब्ली तथा थेप्चो नाक र घनाबाल भएकी महिला थिइन् । भिक्टोरियन जमानामा पुरुषप्रधान समाजमा आफ्नो पहिचानका लागि सङ्घर्ष गरिरहेकी मेरी एक्लै आठ सन्तान हुर्काइरहेकी थिइन् । इस्वी संवतको १९ औँ शताब्दीको आयरिस समाजमा यसरी एक महिलाले आठ बालबालिका हुर्काउनुपर्ने कुरा उपहास नै थियो । यस कारण जब मेरी हार मान्ने अवस्थामा पुगिन् उनले एक दिन डब्लिनको पश्चिममा अवस्थित मिडल्यान्डमा रहेको आफ्नो भाइको महलको भ्रमणमा निस्किइन् ।

यात्राका क्रममा मेरीका प्रकृतिवादी नजरले शानदार र हरियालीले परिपूर्ण सुन्दर पहाड नियाल्यो । राति धेरै नै बदली हुने भएकाले आयरल्यान्डको आकाश खगोल विज्ञानका लागि त्यति अनुकूल मानिँदैन तर पनि भाइको महलमा भएको विश्वको एउटा ठूलो टेलिस्कोपबाट आकाश नियाल्न पाइने सोचेर उनी औधी उत्साहित थिइन् । त्यस महलमा जलवाष्प शक्तिले चल्ने एउटा कार पनि थियो ।

सन् १८६० को दशकमा अटोमोबाइल सामान्यतया ठूला खेलौना जस्ता हुन्थे । मानिसले आफ्नो ग्यारेजमै बनाउँथे । केही गम्भीर र नयाँ काम गर्न खोज्नेहरू चाहिँ नौला इन्जिन बनाउने कोसिसमा लागिरहन्थे । यस कारण महलमा रहेका कसैले घरमै निर्मित थोत्रो कारमा घुम्न जाने हो भन्दा वैज्ञानिक कार्यमा लागेकी मेरीले त्यसलाई अवसरका रूपमा लिइन् ।

आयरल्यान्डमा घमाइलो दिन कमै हुन्छ र त्यसपछि मज्जाले घाम लागेको थियो । हरियालीले छाएको नगर, सुस्केरा मार्दै घुमफिर गरिरहेका मानिसको दिमागमा कालको चित्र थिएन । त्यस समयमा मानिसले कारलाई खेलौनाका रूपमा लिन्थे र ती खेलौना निकै खतरनाक थिए । दुःखको कुरा त्यही खेलौना मेरीको जीवन अन्त्य गर्न पर्याप्त भयो । हेदौहेर्दै मेरीले आफू सवार खेलौनाको पाङ्ग्रामा किचिएर ज्यान गुमाउनु पर्‍यो ।

मनमोहक मौसममा कारमा सवार भएर घुम्न निस्केकी ४२ वर्षीय मेरीको दुर्घटनामा इहलिला समाप्त त भयो तर इतिहासमा उनी अटोमोबाइल दुर्घटनामा मर्ने पहिलो मानिस भइन् ।

2