Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

जिओको सेयर दुई दिनमै ३२ प्रतिशतले बढ्यो

जिओको सेयर दुई दिनमै ३२ प्रतिशतले बढ्यो
A A+ A-

एजेन्सी । भारतीय दूरसञ्चार कम्पनी जिओ प्लेटफर्म्सको सेयर मूल्य सूचीकृत भएको दुई दिनमै ३२ प्रतिशतभन्दा बढीले बढेको छ। बिहीबार नेसनल स्टक एक्सचेन्ज (एनएसई) मा कम्पनीको सेयर मूल्य ५ प्रतिशतले बढेर प्रतिकित्ता १ हजार ४८२.७० भारु पुगेको छ। यससँगै जिओ बजार पुँजीकरणका आधारमा भारतकै दोस्रो ठूलो सूचीकृत कम्पनी बनेको छ।

जिओको आईपीओ मूल्य प्रतिकित्ता १ हजार ११९ भारु थियो। पहिलो दिन नै आईपीओ मूल्यभन्दा २१.३६ प्रतिशत प्रिमियममा सूचीकृत भएको कम्पनीको सेयर मूल्यले दोस्रो दिन पनि उच्च वृद्धि कायम राखेको हो। पहिलो दिनको कारोबार १ हजार ४१७ भारुमा बन्द भएको थियो।

सूचीकृत भएसँगै जिओको बजार पुँजीकरण करिब १२.५ लाख करोड भारु पुगेको छ। यसले करिब १२.१ लाख करोड भारु बजार पुँजीकरण रहेको प्रतिस्पर्धी भारती एयरटेललाई पछि पारेको छ। भारतमा बजार पुँजीकरणका आधारमा जिओभन्दा अगाडि यसको माउ कम्पनी रिलायन्स इन्डस्ट्रिज मात्रै छ, जसको बजार मूल्यांकन करिब १५.९५ लाख करोड भारु रहेको छ।

जिओको आईपीओमा लगानीकर्ताको आकर्षण पनि उच्च देखिएको थियो। निष्कासन खुला भएको १०० मिनेटभित्रै आईपीओ पूर्ण रूपमा सब्सक्राइब भएको थियो। योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइएको ५ हजार ५०० करोड भारुको हिस्सा त सुरुवाती १० मिनेटमै भरिएको थियो। निष्कासनको अन्तिम दिनसम्म समग्र आईपीओ २२.२ गुणा र योग्य संस्थागत लगानीकर्तातर्फ ७०.५५ गुणा बढी आवेदन परेको थियो।

कम्पनीको सेयर बजारमा प्रवेशसँगै नोमुरा, मोतीलाल ओसवाल र एलारा क्यापिटलजस्ता ब्रोकरेज कम्पनीले जिओप्रति सकारात्मक दृष्टिकोण राखेका छन्। उनीहरूले सेयर खरिद गर्न सुझाव दिँदै प्रतिकित्ता १ हजार ३४० देखि १ हजार ३६७ भारुसम्म लक्ष्य मूल्य निर्धारण गरेका छन्। यी लक्ष्य मूल्य भने हालको बजार मूल्यभन्दा कम भएकाले लगानीकर्ताले मूल्यांकन र जोखिमसमेत विचार गर्नुपर्ने देखिन्छ।

नोमुराका अनुसार भारतीय वायरलेस ग्राहक बजारमा जिओको हिस्सा ४१.७ प्रतिशत छ। फाइभजी सञ्जाल विस्तारको प्रमुख चरण पूरा हुँदै जाँदा कम्पनीको पुँजीगत खर्च घट्न सक्ने र नगद प्रवाहमा सुधार आउने अनुमान गरिएको छ। आर्थिक वर्ष २०२५ मा कुल आम्दानीको ३५ प्रतिशत रहेको पुँजीगत खर्च आर्थिक वर्ष २०२६ मा २३ प्रतिशतमा झर्ने प्रक्षेपण गरिएको छ। सन् २०२९ सम्ममा कम्पनी पूर्ण रूपमा खुद ऋणमुक्त बन्न सक्ने अनुमान पनि गरिएको छ।

मोतीलाल ओसवाल र एलारा क्यापिटलले शुल्क वृद्धि, फोरजी तथा फाइभजी सेवामा ग्राहकको रूपान्तरण र डेटा खपत बढ्नुलाई कम्पनीको आम्दानी वृद्धिका प्रमुख आधार मानेका छन्। उनीहरूका अनुसार ग्राहक प्रतिऔसत मासिक आम्दानी आर्थिक वर्ष २०२६ को २१४ भारुबाट बढेर २०२९ सम्म २५७ भारु पुग्न सक्छ। सस्तो डेटा, विस्तारित सञ्जाल तथा क्लाउड र डिजिटल सेवाले पनि कम्पनीको आम्दानी र मुनाफा बढाउन सहयोग गर्ने विश्लेषण गरिएको छ।

2