Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

टेम्केमैयुङका स्थानीयलाई विद्युतीय चुलो वितरण

टेम्केमैयुङका स्थानीयलाई विद्युतीय चुलो वितरण
A A+ A-

भोजपुर। ग्रामीण क्षेत्रमा स्वच्छ ऊर्जाको प्रयोग बढाउँदै परम्परागत खाना पकाउने इन्धनको निर्भरता घटाउने उद्देश्यले भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले स्थानीयलाई विद्युतीय चुलो (इन्डक्सन चुलो) वितरण गरेको छ ।

गाउँपालिकाको पहलमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ७० प्रतिशत अनुदानमा चुलो वितरण गरिएकोे हो । पहिलो चरणमा स्थानीयको ३० प्रतिशत लागत साझेदारीमा ५०० वटा विद्युतीय चुलो वितरण गरिएको गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए ।

उनका अनुसार, परम्परागत रूपमा दाउरा तथा ग्यास प्रयोग गर्दै आएका स्थानीयलाई विद्युतीय चुलोको प्रयोगतर्फ आकर्षित गर्न कार्यक्रम सञ्चालन गरिएको हो ।

ग्रामीण क्षेत्रका नागरिकलाई आधुनिक प्रविधिमा आधारित खाना पकाउने सुविधासँग जोड्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको जानकारी दिँदै अध्यक्ष बस्नेतले विद्युतीय चुलोको प्रयोगले आयातीत खाना पकाउने ग्यासको खपत घटाउने, दाउराको प्रयोग न्यूनीकरण गर्ने तथा समय बचत हुने बताए ।

विद्युतीय चुलोको प्रयोगले भान्सामा दाउरा बाल्दा उत्पन्न हुने धुवाँजन्य प्रदूषण कम गर्न सहयोग पुग्ने गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताए । त्यसको प्रयोगबाट घरभित्रको वायु प्रदूषण घट्ने तथा खाना पकाउने कामलाई सहज, सफा र सुविधाजनक बनाउन मद्दत पुग्ने उनको भनाइ छ ।

केन्द्रको मापदण्डअनुसार घरमा १५ एम्पियर क्षमताको विद्युत् (एमसिबी) जडान गरिएका परिवारलाई मात्रै चुलो वितरण गरिने व्यवस्था रहेको गाउँपालिकाले जनाएको छ । सोही मापदण्डका आधारमा आवेदन दिएका स्थानीयलाई चुलो वितरण गरिएको गाउँपालिकाको भनाइ छ ।

ग्रामीण क्षेत्रमा विद्युत् सेवाको पहुँच विस्तार भएसँगै विद्युतीय उपकरणको प्रयोग बढाउँदै स्वच्छ ऊर्जाको प्रवर्द्धन गर्न यस्ता कार्यक्रमले सहयोग पु¥याउने गाउँपालिकाले जनाएको छ ।

2