Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

सुर्खेत-दैलेख १३२ केभी प्रसारण लाइन निर्माणमा ढिलाइ

सुर्खेत-दैलेख १३२ केभी प्रसारण लाइन निर्माणमा ढिलाइ
A A+ A-

सुर्खेत। सुर्खेत-दैलेख १३२ केभी विद्युत् प्रसारण लाइनको निर्माण कार्य वन क्षेत्रका रुख कटानको अनुमति नपाउँदा प्रभावित भएको छ।

नेपाल विद्युत् प्राधिकरण कोहलपुर-सुर्खेत-दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाका सूचना अधिकारी युवराज विष्टका अनुसार मन्त्रिपरिषद्बाट रुख कटानको स्वीकृति प्राप्त भएपछि मात्र रोकिएका टावरहरूको जग निर्माण कार्य अघि बढाइनेछ।

करिब ८० करोड रुपियाँ लागतमा निर्माण भइरहेको यस आयोजना २०८२ सालभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। आयोजनामा कुल १०१ वटा टावर निर्माण गर्नुपर्नेमा हालसम्म ४१ वटाको निर्माण सम्पन्न भएको छ भने ८१ वटाको जग निर्माण कार्य पूरा भएको छ।

बाँकी २० वटा टावर वन क्षेत्रमा पर्ने भएकाले निर्माण सुरु हुन सकेको छैन। प्रसारण लाइनको मार्गमा पर्ने राष्ट्रिय र सामुदायिक वनका १९ हजार ४१ भन्दा बढी रुख काट्नुपर्ने अवस्था छ। यसमध्ये दैलेखमा आठ हजार २५९ र सुर्खेतमा १० हजार ७८२ रुख काट्नुपर्ने हुन्छ।

ठेक्का सम्झौता भएको दुई वर्ष पूरा भइसक्दा आयोजनाको भौतिक प्रगति ७५ प्रतिशत पुगेको छ। सन् २०२३ (२०८० साल) मा सिग्मा काठमाडौँसँग ठेक्का सम्झौता भएको यो ३२ किलोमिटर लामो प्रसारण लाइन सुर्खेतको सुब्बाकुना सबस्टेसनदेखि दैलेखको चुप्रासम्म फैलिएको छ।

यो प्रसारण लाइन सुर्खेतको वीरेन्द्रनगर नगरपालिका तथा दैलेखको गुराँस र डुङ्गेश्वर गाउँपालिका हुँदै जानेछ। चुप्रामा निर्माणाधीन १३२ केभी सबस्टेसनको भौतिक प्रगति ७० प्रतिशत पुगेको आयोजनाले जनाएको छ।

कर्णालीमा उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न र स्थानीय स्तरमा विद्युत् आपूर्ति सहज बनाउन यो आयोजना महत्वपूर्ण मानिएको छ।

2