Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

वर्षाले पर्यटकीय गतिविधि प्रभावित

वर्षाले पर्यटकीय गतिविधि प्रभावित
गण्डकी, १४ कात्तिक : झरी परेका बेला पोखराको लेकसाइडमा छाता ओढेर गन्तव्यतर्फ जाँदै विदेशी पर्यटक । पोखरामा शुक्रबारदेखि झरी परिरहेको छ । तस्बिर : राम थापा/रासस
A A+ A-

गण्डकी । प्रतिकूल मौसमका कारण पोखरासहितका क्षेत्रमा पर्यटकीय गतिविधि प्रभावित बनेको छ । दसैँलगत्तै यहाँका विभिन्न गन्तव्यमा पर्यटक बढेकामा शुक्रबारदेखि भएको वर्षा र हिमपातले चहलपहल घटेको हो ।

मुख्य पर्यटकीय याम चलिरहेका बेला मौसमले चुनौती थपेको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका निवर्तमान अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए। “यो पदयात्राका लाग उत्तम याम हो, तर यही बेला मौसम प्रतिकूल हुँदा पर्यटनमा असर पुगेको छ”, उनले भने, “कतिपय पर्यटकले मौसमकै कारण यात्रा रद्ध गरेका छन् ।”

जोखिमको अवस्था मूल्याङ्कन गरेर निश्चित क्षेत्रमा मात्र पदयात्रामा रोक लगाउनुपर्ने आचार्यको भनाइ छ । वर्षा हुँदासाथ सबै ठाउँमा एकसाथ पदयात्राका गतिविधि रोकिँदा नेपालका पदमार्गहरू असुरक्षित छन् भन्ने सन्देश जाने उनले बताए।

“सम्भावित जोखिमलाई दृष्टिगत गरी स्थानीय प्रशासनलगायत सम्बद्ध निकायले केही दिनअघि पदयात्रामा नजान पर्यटकलाई सार्वजनिक रूपमा सूचित गरेका थिए । खुलेको मौसममा हिमाल र डाँडाकाँडा हेर्दै पदयात्रा गर्ने समयमा पर्यटकका लागि वर्षा बाधक बनेको छ । शरद्याममा पनि अहिले आकाश धुम्म छ । झरी परिरहेको छ । हिमाल र पाखापखेरु बादलले ढाकिएका छन्”, उनले भने ।

यो याममा स्वच्छ र शान्त वातावरणमा हिमाली र पहाडी भेगको सौन्दर्य नियाल्न आन्तरिक तथा बाह्य पर्यटक अन्नपूर्ण संरक्षण क्षेत्रलगायत विभिन्न गन्तव्यको भ्रमणमा जाने गर्छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा रवीन कडरियाले मुख्य पर्यटकीय याममै मौसम बिग्रँदा पर्यटक आवागमन प्रभावित भएको बताए । “मौसमका कारण केही दिनयता अन्नपूर्ण क्षेत्रमा पर्यटकीय गतिविधि सुस्त भएका छन्”, उनले भने, “मौसम खुल्नासाथ पर्यटकीय चहलपहल पुनः बढ्छ ।”

प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदि कारणले यस क्षेत्र देशविदेशका पदयात्री पर्यटकमाझ लोकप्रिय गन्तव्य बनेको छ । कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दूरीको पदयात्रा गर्न सकिन्छ । सडक मार्ग हुँदै पनि यस क्षेत्रका विभिन्न गन्तव्यमा पुग्न सकिन्छ ।

गत असोजमा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका थिए । जसमध्ये दक्षिण एसियाली मुलुकका १२ हजार ६४५ र अन्य देशका २० हजार ३१८ पर्यटक रहेका छन् । यो याममा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, म्याग्दीको घोडेपानीलगायत अन्नपूर्ण फेरोमा पर्ने गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्ने गरेको छ ।

मौसम प्रतिकूल हुँदा पोखरामा हुने प्याराग्लाइडिङ, हट एयर बेलुन, अल्ट्रालाइट, स्काइडाइभिङजस्ता साहसिक खेल गतिविधि पनि प्रभावित बनेका छन् ।

2