Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

सप्तरीमा वर्षा र हावाहुरीले धानबालीमा क्षति

सप्तरीमा वर्षा र हावाहुरीले धानबालीमा क्षति
A A+ A-

राजविराज: ‘अर्णव’ चक्रवातको प्रभावका कारण पछिल्ला तीन दिनदेखि परेको वर्षा र चलेको हावाहुरीले सप्तरीका विभिन्न स्थानीय तहमा धानबालीमा क्षति पुर्‍याएको छ। पाकेर काट्ने र घर भित्र्याउने तयारीमा रहेका किसानको बाली खेतमै ढलेपछि उनीहरू चिन्तित बनेका छन्।

जिल्लाको डाक्नेश्वरी नगरपालिका, महदेवा गाउँपालिका, तिरहुत गाउँपालिका, खडक नगरपालिका र रुपनी गाउँपालिकालगायतका क्षेत्रमा धानबालीमा असर परेको छ। कतिपय स्थानमा धानका बाला खेतमै ढलेका छन् भने खेतमा पानी जम्दा काट्न तयार भएको बाली भित्र्याउन समस्या भएको छ। डाक्नेश्वरीका किसान कमलेशकुमार यादव, जगदीश मुखिया र महदेवाका राजनारायण साहलगायतका किसानको बालीमा क्षति पुगेको छ।

कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख रोशन मेहताका अनुसार जिल्लामा करिब ६८ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै आएको छ। यस वर्ष जिल्लामा शतप्रतिशत धान रोपाइँ भएको थियो। चक्रवातको प्रभावले जिल्लाका विभिन्न स्थानमा धानबालीमा सामान्यदेखि आंशिक क्षति पुर्‍याएको मेहताले जानकारी दिए। उनले भने, ‘अहिले जिल्लाका विभिन्न पालिकाबाट क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको छ।’

लगातारको वर्षाले खेतमा पानी जमेका कारण धान काट्न मेसिन प्रयोग गर्न समस्या भएको छ। काटेर राखिएका धानका पाजा र परालसमेत भिज्दा बाली बिग्रने जोखिम बढेको छ। लामो पराल भएका धानका जात हावाहुरीका कारण बढी ढलेका छन्। केही स्थानमा भिजेको धानमा अङ्कुरणसमेत हुन थालेको किसानले बताएका छन्।

शनिबार अपराह्नदेखि मौसममा सुधार आएपछि किसानहरू ढलेको धान काटेर सुकाउने र सुरक्षित रूपमा भित्र्याउने प्रयासमा जुटेका छन्। कृषि ज्ञान केन्द्रका अनुसार प्रारम्भिक जानकारीका आधारमा धानको कुल उत्पादनमा ठूलो असर पर्ने अवस्था नरहेको र क्षतिको वास्तविक विवरण सङ्कलनपछि मात्रै स्पष्ट हुने जनाइएको छ।

2