Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

सोमबारको विदेशी मुद्राको विनिमयदर सार्वजनिक

सोमबारको विदेशी मुद्राको विनिमयदर सार्वजनिक
A A+ A-

काठमाडौं: नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रूपैयाँ ६३ पैसा र बिक्रीदर १५२ रूपैयाँ २३ पैसा कायम गरिएको छ।

युरोपियन युरो एकको खरिददर १६९ रूपैयाँ २२ पैसा र बिक्रीदर १६९ रूपैयाँ ८९ पैसा तोकिएको छ। त्यसैगरी युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रूपैयाँ ०७ पैसा र बिक्रीदर २०३ रूपैयाँ ८७ पैसा रहेको छ। स्वीस फ्र्याङ्क एकको खरिददर १८३ रूपैयाँ ७८ पैसा र बिक्रीदर १८४ रूपैयाँ ५१ पैसा छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०६ रूपैयाँ ६४ पैसा र बिक्रीदर १०७ रूपैयाँ ०६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रूपैयाँ ५१ पैसा र बिक्रीदर १०८ रूपैयाँ ९४ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११८ रूपैयाँ ६४ पैसा र बिक्रीदर ११९ रूपैयाँ ११ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रूपैयाँ ६२ पैसा र बिक्रीदर नौ रूपैयाँ ६६ पैसा छ। चिनियाँ युआन एकको खरिददर २२ रूपैयाँ ७९ पैसा र बिक्रीदर २२ रूपैयाँ ८८ पैसा रहेको छ। साउदी अरेबियन रियाल एकको खरिददर ४० रूपैयाँ ४० पैसा र बिक्रीदर ४० रूपैयाँ ५६ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रूपैयाँ ६२ पैसा र बिक्रीदर ४१ रूपैयाँ ७८ पैसा कायम भएको छ।

अन्य मुद्राहरूमा थाई भाट, युएई दिराम, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, स्वीडिस क्रोनर र डेनिस क्रोनरको विनिमयदर पनि तोकिएको छ। हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको दर पनि सार्वजनिक गरिएको छ। भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैंकले यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर फरक हुनसक्ने र अद्यावधिक दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने बैंकले स्पष्ट पारेको छ।

2