Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

कालीमाटीमा तरकारीको मूल्यमा उतारचढाव: काउली र गोलभेँडा सस्तियो

कालीमाटीमा तरकारीको मूल्यमा उतारचढाव: काउली र गोलभेँडा सस्तियो
A A+ A-

काठमाडौं: कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि सार्वजनिक गरेको थोक मूल्य सूचीअनुसार तरकारीको भाउमा मिश्रित परिवर्तन देखिएको छ। बजारमा केही तरकारीको मूल्य घटेको छ भने केहीको भाउ बढेको छ।

समितिको तथ्यांकअनुसार स्थानीय काउलीको मूल्य घटेर प्रतिकिलो ३७ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन काउलीको मूल्य प्रतिकिलो ६५ रुपैयाँ थियो। त्यसैगरी, गोलभेँडाको मूल्यमा पनि सामान्य गिरावट आएको छ। ठूलो नेपाली र भारतीय गोलभेँडाको औसत मूल्य प्रतिकिलो ६५ रुपैयाँ कायम भएको छ।

बजारमा अन्य तरकारीको मूल्य यस प्रकार छ: रातो आलु लाम्चो प्रतिकिलो ५७ रुपैयाँ, भारतीय सुकेको प्याज ८७ रुपैयाँ, लोकल बन्दा ४५ रुपैयाँ र हाइब्रिड मुला ३५ रुपैयाँमा कारोबार भइरहेको छ। साथै, लाम्चो भन्टा ४५ रुपैयाँ र डल्ले भन्टा ६५ रुपैयाँ प्रतिकिलो तोकिएको छ।

केही तरकारीको मूल्यमा भने वृद्धि भएको छ। भिन्डीको मूल्य बढेर प्रतिकिलो ९५ रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिन ८० रुपैयाँ थियो। त्यस्तै, कन्य च्याउको मूल्य ११५ रुपैयाँ र डल्ले च्याउको मूल्य २८० रुपैयाँ प्रतिकिलो छ। हरियो सागसब्जीमध्ये रायोको साग ४० रुपैयाँ र पालुंगोको साग १०० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ। कुरिलोको मूल्य भने स्थिर रहँदै प्रतिकिलो ७५० रुपैयाँ कायम भएको छ।

समितिले सार्वजनिक गरेको यो मूल्य सूची थोक बजारको हो। खुद्रा बजारमा उपभोक्ताले खरिद गर्दा यी तरकारीको मूल्य केही बढी हुन सक्नेछ।

2