Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

करोडौँ खर्चिएर बनाइएका खानेपानी आयोजना अलपत्र, मुगुमा पिउने पानीको हाहाकार

करोडौँ खर्चिएर बनाइएका खानेपानी आयोजना अलपत्र, मुगुमा पिउने पानीको हाहाकार
A A+ A-

मुगु। मुगुका ग्रामीण बस्तीमा करोडौँ रुपियाँको लगानीमा निर्माण सुरु गरिएका खानेपानी आयोजना अलपत्र पर्दा स्थानीय बासिन्दा खानेपानीको चरम अभाव भोग्न बाध्य भएका छन्।

सोरु गाउँपालिकामा सञ्चालित सोरुकोट बृहत् खानेपानी आयोजना समयमै सम्पन्न नहुँदा स्थानीयले सास्ती खेप्नुपरेको हो।

खानेपानी तथा ढल व्यवस्थापन कार्यालय सुर्खेतका अनुसार यो आयोजनाका लागि २०७७ साल माघ ७ गते धुलिखेल र भीमेश्वर जेभीसँग १० करोड ४० लाख ८८ हजार १९० रुपियाँमा सम्झौता भएको थियो।

तोकिएको समयमा काम नसकिएपछि हालसम्म चार पटक म्याद थप भइसकेको छ। अहिलेसम्म आयोजनामा आठ करोड ८७ लाख ३ हजार १३५ रुपियाँ खर्च भइसकेको कार्यालयले जनाएको छ।

सोरु गाउँपालिका-३ की स्थानीय रामजिरा डाँगरले पाइप बिछ्याइएको दुई वर्ष हुन लाग्दा पनि धारा निर्माण र पानी वितरणको काम नभएको बताए। वडाध्यक्ष सिंहबहादुर धामीका अनुसार वडा नं १ देखि ४ सम्मका बासिन्दाले अझै पानी पाउन सकेका छैनन्। उनले निर्माण कम्पनीले काम नगरेको र सम्बन्धित कार्यालयले अनुगमन नगरेको गुनासो गरे।

यस्तै समस्या सदरमुकाम गमगढीमा पनि देखिएको छ। गमगढी खानेपानी आयोजनाको जिम्मा पाएको आरयू मैनाली र केटियस जेभीले नियमित पानी वितरण गर्न सकेको छैन।

उपभोक्ता समितिका अध्यक्ष गोरखबहादुर मल्लले निर्माणमा गुणस्तर र अनुगमनको अभाव रहेको बताए। आयोजनाका सञ्चालक केशव चौलागाईका अनुसार पाइपलाइन निर्माण भए पनि कार्यालयबाट प्रतिवेदन स्वीकृत नहुँदा पानी सञ्चालनमा आउन सकेको छैन।

खानेपानी तथा ढल व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख मनिषकुमार राजले जनशक्ति अभावका कारण आयोजना स्थलमा नियमित अनुगमन गर्न नसकिएको स्वीकार गरेका छन्।

2