Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

मलेसियामा प्रोटोन ई.मास ५ को अग्रता

मलेसियामा प्रोटोन ई.मास ५ को अग्रता
A A+ A-

काठमाडौं । प्रोटोन ई.मास ५ मलेसियामा अक्टोबर २०२६ मा सबैभन्दा बढी बिक्री हुने विद्युतीय सवारी बनेको छ। उक्त महिनामा यस मोडलका २ हजार २६२ वटा सवारी दर्ता भएका छन्। यो मलेसियाको कुल विद्युतीय सवारी दर्ताको ४९.३ प्रतिशत हो।

अक्टोबरमा मलेसियामा कुल ४ हजार ५९२ वटा विद्युतीय सवारी दर्ता भएका थिए। यो सेप्टेम्बरको तुलनामा २३.८ प्रतिशत कम हो। गत फेब्रुअरीयताकै सबैभन्दा कम मासिक दर्ता भए पनि प्रोटोन ई.मास ५ ले बजारमा अग्रता कायम गरेको हो।

यसै अवधिमा प्रोटोन ई.मास ७ का ५५४ वटा सवारी दर्ता भएका छन्। ई.मास ५ र ई.मास ७ को संयुक्त दर्ता मलेसियाको कुल विद्युतीय सवारी दर्ताको ६१.३ प्रतिशत पुगेको छ।

अक्टोबरमा मलेसियामा हाइब्रिड सवारीको दर्ता भने ५ हजार २३ पुगेको छ। यस वर्ष दोस्रो पटक हाइब्रिड सवारीको दर्ता पूर्ण विद्युतीय सवारीको भन्दा बढी भएको हो।

मलेसियामा प्रोटोनका विद्युतीय सवारीको बजार विस्तार भइरहेका बेला नेपालमा पनि शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले आधिकारिक वितरकका रूपमा यी सवारी बिक्री गर्दै आएको छ।

प्रोटोन ई.मास ५ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ। यसमा ८५ किलोवाटको मोटर, ४० किलोवाट आवरको सिएटिएल एलएफपी ब्याट्री र रियर–ह्विल ड्राइभ प्रणाली छ। ४.९५ मिटरको टर्निङ रेडियस, रियर मल्टि–लिंक सस्पेन्सन र भेहिकल–टु–लोड सुविधा पनि यसका विशेषता हुन्।

यसमा ७० लिटर क्षमताको फ्रन्ट ट्रंक र ३७५ लिटरसम्म विस्तार गर्न सकिने पछाडिको लगेज स्पेस छ। ३२ वटा स्टोरेज कम्पार्टमेन्ट, १४.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो सुविधा पनि उपलब्ध छन्। नेपालमा यसको मूल्य ३२ लाख ९९ हजार रुपैयाँबाट सुरु हुन्छ।

त्यस्तै, प्रोटोन ई.मास ७ प्राइम र प्रिमियम भेरियन्टमा उपलब्ध छ। यसमा ४१० किलोमिटरसम्मको डब्लुएलटीपी रेन्ज दिने एजिस सर्ट ब्लेड ब्याट्री, १२–इन–१ इन्टिग्रेटेड मोटर र डीसी फास्ट चार्जिङ सुविधा छन्।

ई.मास ७ मा १५.४ इन्चको २.५के टचस्क्रिन, १६ स्पिकरयुक्त फ्लाइम साउन्ड सिस्टम, एप्पल कारप्ले, एन्ड्रोइड अटो, विन्डशील्ड हेड–अप डिस्प्ले र भेहिकल–टु–लोड सुविधा उपलब्ध छन्। नेपालमा यसको मूल्य ४९ लाख ९९ हजार रुपैयाँबाट सुरु हुन्छ।

2